एउटा निर्णय त्यो खास गर्नु छ।






एउटा निर्णय त्यो खास गर्नु छ।
मेरो दिल चोर तलास गर्नु छ।।

अब त नजिकै पुग्न लागि सके, 
जस्को दिलमा मैले बास गर्नु छ। ।

मेरो बेचैनी को महसुस अब, 
उस्लाइ नि हुनेछ आस गर्नु छ। ।

उ सँगै मीठो, तरङ्ग आउँछ रे, 
कसरी आउँछ आभास गर्नु छ। ।

उसैले चोरिको ,गर्नेछे कबुल, 
अन्धो पिरतिको बिस्वास गर्नु छ। ।

अदृश्य तस्बिर आँखामा नाच्दैछ, 
अब चाडैं नै पर्दाफास गर्नु छ।। 

एउटा निर्णय त्यो खास गर्नु छ।
मेरो दिल चोर तलास गर्नु छ।।


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment