मेरो बारेमा !!

............. म मेरो बारेमा लेख्न खोज्दा अगाडी केहि खाली राख्न मन लाग्यो । खै को को हु म ?? के हो मेरो परिचय ?? को भनेर परिचित गराऊँ आफुलाई ?? नामले  ?? त्यो त ठाँउ पिच्छे नयाँ नाम भन्ने हो भने जस्लाई जे भनेको छ त्यहि नामले चिन्छन् । मेरो घर परिवार सँग जोडेर ?? होईन त्यो त मेरो परिचय हुदै भएन नि अरुको माध्यमले चिनिनु त । मैले गर्ने काम अर्थात मेरो प्रोफेसन ले ?? त्यो त झन मेरो परिचय हुनै सक्दैन, त्यो मैले गर्ने कामको पद को परिचय हो, भोलि त्यहि काम अर्कोले  गर्दा त्यो परिचय पनि त्यहि अर्को मान्छे सँग जाने गर्छ । त्यसो भए म को त ?? तपाई आफुलाई को भनेर चिनाउनुहुन्छ ?? सोच्नहोस् त ?? 
मलाई त यो अहिले सम्म दिएका ईक्ज्यामहरु मा नजानेर छोडेको प्रश्न भन्दा पनि गार्हो लाग्छ । सानोमा कसैले पछि गएर के बन्ने भने डाक्टर, पाईलट, ईन्जिनियर यस्तै यस्तै भन्छौ हामी, के त्यस्तो हाम्रो परिचय हुन्छ त ?? खै हुन्छ जस्तो लाग्दैन । डाक्टरले सधै बिरामी मात्र जाँच्दैन, उ कुक पनि हुन्छ, ड्राईभर पनि होला..... अरु के के होला, किन डाक्टर मात्र भन्ने ?? अनि कसरी भयो उस्को परिचय त्यो ??

हुनत आजकल मान्छेको परिचय त्यो मान्छे सँग भएको धन सम्पति हेरेर परिचय खोज्ने संस्कार बढिरहेको छ । तर म आफुलाई त्यसरी परिचित गराउन पनि चाहान्न र त्यो मान्छेको परिचय हुदा पनि होईन । हुनत हामी कसैलाई चिनाउनु पर्यो भने सामान्यतया नाम थाहा भए नाम भन्छौ, त्यो थाहा नभए उस्को बस्ने ठाँउ भन्छौ, त्यो थाहा नभए उस्को हुलिया कस्तो देखेका थियौ त्यो भन्छौ ......... यस्तै यस्तै तरिकाले हामी चिनाउछौ । तर ति त सबै वास्तबिक अपरिवर्तनसिल परिचय त कसरी हुन सक्छन् । एदि मैले पोखरामा नाम राम, काठमाण्डौमा श्याम, अनि नारायणघाटमा हरि भने रे, के मेरो परिचय राम श्याम हरी हुने?? 

तपाईलाई लाग्न सक्छ । फोटोमा देखियको म, तर मेरो यो २०७२ को फोटो, के म २०६२ मा पनि यस्तै थिए र ?? अनि के २०८२ मा पनि यस्तै देखिन्छु ?? फोटोबाट त झनै अाफ्नो परिचय दिन सक्दिन । विश्वमा एकै अनुहार भएका सात जना बढी हुन्छन भन्छन् । 

उफ् कस्तो गार्हो हगी ?? तपाईलाई लाग्यो होला कस्तो साईको रहेछ, अाफ्नो परिचय पनि दिन सक्दैन, हो म त्यही अाफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे हुन म । यो परिचय पनि अाज सम्म खोजेको नतिजा हो । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु, परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु, नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । 


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment