आजको दिन -


आजको दिन - 

Image result for feeling love pictures

आजको दिन - 
यस्तो लाग्छ 
तिम्रो ओठको उज्यालो 
म सम्म बगिरहेछ 
तिम्रो सम्पूर्ण उपस्थिति
लाग्छ,
स्वयं कविता नै 
कविता रचिरहेछ

आजको दिन - 
किन अंगालो देह माग्छ ? 
किन हृदयले स्नेह माग्छ ? 
तिर्खा माया हो कि होइन ?
कहिलेकाँहीं सन्देह लाग्छ 
यस्तो लाग्छ, 
लाजको लाली क्षितिजमा,
आभा वनेर उठिरहेछ

आजको दिन - 
यस्तो लाग्छ, 
तिमीलाई विपनामा चुम्नु, 
तिमीसित संसार घुम्नु, 
केश तिम्रो सुम्सुम्याउनु,
रापमा निथ्रुक्क भिज्नु झै लाग्छ, 
लाग्छ राप आगो सधैं झैं वलिरहेछ

आजको दिन - 
तृप्तिलाई प्यास देऊ, 
प्रेमीलाई मधुमास देऊ, 
छन्दलाई अनुप्रास देऊ, 
यो अँध्यारो पृथ्वी-तलमा, 
मायाको प्रकाश देऊ, 
यस्तो लाग्छ, 
तिमीलाई नै पाउनलाई
मेरो यो मुटु चलिरहेछ 

केवल तिम्रै निम्ति
र थाहा छ मलाई
तिमि पनि मेरो बारेमा 
यहि सोच्दै छौ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment