किराना पसलेकि छोरी बेपत्ता छ रे!


किराना पसलेकि छोरी बेपत्ता छ रे!
-----------------------------------------------------------------------------------

              तस्बिर;- गुगोल बाट                                                             

हिजोअस्ति
मैले जिस्काउँदा रिसाइरहन्थि
अझै बढि भए रोइरहन्थि
म त सुरूमा धकाउँथेँ
पछिमात्र माया लागेर फकाउँथेँ
तैपनि
झन् भाउ खोजेजस्तो गर्थि
आँखा छड्के बनाएर तर्थि
म नजिक गएजस्तो गर्दा
ऊ झन् पर-पर सर्थि
चोकको किराना पसलेकि छोरी
अलिअलि छुच्चि थिई
नाक नेप्टो र अनुहार चेप्टो भएकि
मान्छे यस्तै फुच्चि थिई
तर उसको न ठेगाना छ
न त पत्ता छ रे
ऊ त हिजो बिहानदेखि बेपत्ता छे रे!
म चोकतिर हल्का
फाईँफुईँ गर्थेँ
त्यहि भएर होला
मलाई देख्नासाथ मान्छेहरू
गाईँगुईँ गर्थे
मैले हात हालेर चलेको
धेरैले देखेका थिए
फुच्चिलाई चुम्मा खाँदा आँखा छलेको
धेरैले देखेका थिए
मैले नारी समाउँदा
लाजले ऊ मेरो दारी समाउँथि
मसँग चलिरहन्थि
बाउ आमाको आँखा छलिरहन्थि
मलाई सामान किन्न जाँदा
टाउको झुकाएर दिन्थि
चुरोटको बट्टाभित्र रिचार्जकार्ड
लुकाएर दिन्थि!
यस्ती मेरी मायालुको
न त अता छ रे
न त पता छ रे
लभ पर्नै आँटेकि मेरी गर्लफ्रेण्ड
हिजोदेखि लापता छ रे!
म उसको पसलमा हुँदा
लजाइरहन्थि
म घरमा पुग्नासाथ मिसकल हानेर
मेरो मोबाइल बजाइरहन्थि
मलाई मन पर्छ भनेर सधैँ
गाजलले आँखा सजाइरहन्थि
मलाई सोझै बोलाउन डराउँथि
तर 'बा म पसलमा बस्छु तपैँ जानु'
भनेर ठूलो स्वरले कराउँथि
यसरी संकेत दिएर मलाई
पसलमा बोलाउँथि
मलाई देख्नासाथ टोलाउँथि
बस् माया गरिरहि
तर माया गर्छु भनिन
साथी बनिरहि
साथ दिन्छु भनिन
खै प्रेमको यो कस्तो डोरो बनाई
ऊ फुत्त फुत्किएर अर्कैसँग गई
मलाई मात्र कसेर एकोहोरो बनाई
र त मलाई भौँतारिने बनाई
न त अता छ रे
न त पता छ रे
किराना पसलेकि छोरी
मेरो भोक, प्यास सब चोरेर लापत्ता छ रे!
न त पत्ता छ रे
ऊ त हिजो बिहानदेखि बेपत्ता छे रे!
मेरो भोक, प्यास सब चोरेर लापत्ता छ रे!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment