"म तिम्लाई प्रेम गर्छु।"

"म तिम्लाई प्रेम गर्छु।"



राईफल पड्काएर, 
बुट बजारेर
छातीभरि सिपाहीले तक्मा भिरे झैँ, 
म चाहन्न प्रेममा प्राप्तिको तक्मा । 

बस पाउँ देख्न, 
हर जन्ममा तिमीलाइ ।
निदाउन पाउँ हजारौ बर्षसम्म, 
लज्जावती झार झैँ, 
केबल तिम्रो स्पर्शद्वारा। 

प्रेयसीको तस्बिर कुदेंर, 
छातीभरि मौन मौन छ जून आकाशमा 
र 
खसालिरहन्छ शितको आशुँ । 
सँधै एकान्तमा 
म तिम्रो त्यस्तै अन्तर्मुखी प्रेमी सोच्छु, 
तिमीलाई र चम्किन्छु। 
तिम्रो सुवास बोकेर 
जब ठोक्किन्छ बतास मसगं । 
स्वासनली हुदै मनका हरफबाट, 
फुत्किन खोज्छ अब्यत्त प्रेम । 

प्रेमको गुरूत्वाकर्षणले तान्दछ, 
र पनी गलामै स्थगीत हुन्छ बोली ।
छिनभरमै लुटुएर रित्तो भएजस्तो,
बादल आएर ढाकिदिए जस्तो,
सुर्य आएर अाएर अस्तित्व हराए जस्तो । 

आँखाबाट ओर्लिएर, 
बालुवामा लुक्छ भाव । 
रहन्छ दिमागको क्यानभासमा, 
तिम्रो खण्ड खण्ड आकृति। 
गइदियो मनमा सुनामी। 
च्यातिदियो तिमी र म बिचको त्यो शितलता । 

टासिँयो ओठमा मुस्कान, 
जब फेरि रात पर्यो,
हट्यो उनि बिचको दुरी ।
त्यो शितलताको बतास सँगै,
यो मनको आवाज बोल्लिन् उनिले  
"म तिम्लाई प्रेम गर्छु।"
"म तिम्लाई प्रेम गर्छु।"
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment