पुरुषका कुरा कस्ले सुन्ने ?? कहाँ उजुरी गर्ने ??








निजामती कर्मचारीको तलब वृद्धि गरौं।अवकाशपछि पेन्सन कम्ति भयो त्यसलाई वृद्धि गरौं। विशिष्टलाई सेवा सुविधा बढाऊँ। न्यायाधीश र प्रधानन्यायाधीशका सुविधा वृद्धि गरौं। तर खोइ देशमा बसेर बेरोजगार हुनेका कुरा ? 
विदेशमा श्रम बेच्ने श्रमजिवीका कुरा ? 
के सरकारी सेवा सुविधा भोग गर्न सरकारी कर्मचारी वा नेता नै हुनुपर्ने हो ? 
खोई ति मजदुर का कुरा ? ?
खोइ किसानका कुरा ? ?

उमेर छउन्जेल विदेशमा हड्डी घोटेर श्रम बिक्न छोडेपछि बुढेसकालमा घर फर्किने परदेशी, दिनरात कुटो कोदालो गरेर राज्यलाई कृषिमा आत्मनिर्भर बनाउने ती श्रमजीवी किसान र प्राइभेट कम्पनीमा काम गरेर बिदेशबाट आयातीत बस्तु रोक्न दिनरात खटिने मजदुरका सेवा सुविधाका कुरा कुन संविधानमा आउछन् ?

विदेश लागेपछि घर परिवार अभिभावकविहीन हुन्छ। छोराछोरी बिग्रन थाल्छन्। श्रीमती परपुरुषसँग हिँडछन्। विदेशमा रगत र पसिनासँग साटेको सम्पत्ति कुम्लाएर अर्कैसँग हिँडछन्। अनि न परिवार न सम्पत्ति भएर जीवनभर श्रीमती पीडित भएर बाँच्नुपर्ने ती पीडितका समस्या समाधानको लागि कुन कानुनमा लेखिन्छ ?

केहि समय पहिले मेरो एक साथी समिर (नाम परिवर्तन) काठमाण्डौ बाट बिराट्नगर जाने क्रम मा महिला बाट पिडित भयो । कलंकी बाट रात्रै बस मा जादा उस्को सँगै को सिटमा एक महिला रहिछिन्, झ्याल पट्टी समिर अनि सँगै ति महिला । महिला ले आगाडिको सिटमा टाउको राखी समिर सँग मिस बिहेब गरिछन्, समिर ले प्रतिकार गर्न खोज्दा, महिला ले भनिछन केहि बोल्यो भने तपाइ बोल्नु पहिले म तपाइले मलाई मिस बिहेब गर्नुभयो भनिदिन्छु, अनि छोड्ने छैनन तपाईलाई महिला माथी मिस बिहेब को केस लाग्छ तपाइलाई । त्यसैले म जे भन्छु तेही गर्नुहोस । समिर सँग ति महिला ले जे गर्छिन सहनु अनि जे भन्छिन मान्नु बाहेक आर्को बिकल्प रहेन । रामनगर पुगेपछी बसले खान खान रोक्यो । खान खाएर बस चड्न लाग्दा ति महिला ले समिर लाई बस नचड्न भनिछन । समिर ले नाइ भन्दा, नजिकै चौकी छ म गएर भनु कि म आएको बसमा सँगै बस्नेले म सँगै बस्नेले मलाई मिस बिहेब गर्‍यो भनेर ? ? समिर बसमा चाडन सकेन । ति महिलाले समिर को युज गरिन । केहि दिन पछी समिर लाई फोन आयो तपाइ सगको मेरो फोटोहरु म सँगा छ्, म तपाइको श्रमती लाई यि फोटोहरु सेण्ड गरिदिन्छु । होइन तिमी के चाहन्छौ ? ? भन्दा उस्ले एक लाख मागी बर्गेनिङ गरी साठी हजार लियार गाइन ति महिला । 

सुन्दा महिले पनि समिर लाई ल मोज गरेछस भनेको थिए पहिले तर खासमै समिर माथी भएको त्यो अन्याय के अन्याय होईन ? के समिर पिडित होइन ? ? कहाँ गर्ने उजुरी ? ? बाठो भएर केस गरिस भने म सँगा फोटो हरु छ्, म मलाई लालाइ फकाइ यो सब गरेको भनेर म उल्टो केस गर्छु भनिन ति महिला ले ? ? 
के पुरुष माथी हिम्सा हुँदैन ? ?
पुरुष के फलाम बाट बनेको हुन्छ ? ? 
खोइ पुरुष का अधिकार ?

ठग्न पाऊँ, बिग्रेको अखाद्य सामान बजारमा निर्धक्क बिक्री गर्न पाऊँ, कार्यलयमा बसेर भ्रष्टाचार गर्न पाऊँ भन्नेहरूसँग सरकार झुक्छ। हुन्छ, ठग्नुस, बेच्नुस, भ्रष्टाचार गर्नुस् भन्छ। सरकारले के आवश्यकता हो के होइन भनेर छुट्टाउन सक्दैनरु बिना आन्दोलन र बन्द हडताल कुनै कुरै सुन्दैन र हाम्रो सरकारले ?

दुःख पीडा अपहेलनाका कुरा गर्ने हो भने परदेशीले जति अरू कसैले सहेकै छैन्। पासपोर्ट बनाउँदाबाट सुरू हुने ठगिने प्रक्रिया विदेश पसेपछि जीवनभर रहिरहन्छ। विदेशमा दुःख पर्यो, बिरामी भयो, मृत्यु भयो नेपाल कसले फर्काउने ? परदेशीका यी तमाम पीडाको सम्बोधन कुन कानूनबाट हुन्छ माननीयज्यु ?


प्रस्तुत बिषय मैले संबिधान सभाको सुझावको लागी मेल गरेको थिए र यस्मा अहिले पोष्ट गरेको हु !!!


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment