हामीलाई कुनै सुन्दर आवरणकी युवती देख्नासाथ लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा गरिएको छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण हरु के के हुन त ?
- पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु
- हातका औंला लामा-लामा हुनु
- औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु
- छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु
- शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
- हरिणका जस्ता खुट्टा हुनु
- गुप्तांग गुप्त रहनु
- शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
- शरीरका अंग सुगठित हुनु
- काँध पुष्ट, चौडा र गोलो हुनु
- पाखुरा राम्रोसँग र्फकने हुनु
- लामा पाखुरा हुनु
- सम्पूर्ण शरीर तेजोमय हुनु
- शंखजस्तै घाँटी हुनु
- सोझो र सिंहको जस्तो चिउँडो हुनु
- बत्तीसवटा दाँत हुनु
- दाँत चम्किला हुनु
- समान र टमक्क मिलेका दाँत हुनु
- स्वच्छ र सुन्दर बंगारा हुनु
- लामो जिब्रो हुनु
- सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु
- भँगेराको जस्तो स्वर हुनु
- ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
- आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
- आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
- मिलेको केश,
- अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
- प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
- शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
- नीलमणिजस्तो कालो र टल्कने केश हुनु
- स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु
- दृढ स्वभाव हुनु।
0 comments:
Post a Comment