निस्वार्थ प्रेममा


Image result for true love pictures black and white

माथि खेत वारी, तलतिर कुलो हुँदैन ।
निस्वार्थ प्रेममा, सम्बन्ध खुकुलो हुँदैन ।।

जन्म मरण सबको उस्तै , रगत उस्तै,
ख्याल राखे जातले, सानो ठुलो हुँदैन।।

को धनि को गरिब,अन्नपानीकै हो तन,
जात धर्म ठुलो सानो,जोख्ने तुलो हुँदैन।।

दैब लाठी घुम्छ नि ,सबै माथि पालैपालो,
मर्नू पर्छ काल सित, लुक्ने दुलो हुँदैन ।।

माथि खेत वारी, तलतिर कुलो हुँदैन,
निस्वार्थ प्रेममा, सम्बन्ध खुकुलो हुँदैन।।

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment