आमाको माया हजुरको काख बालापन् सम्झना ।
दिनुभो जन्म भएँ म धन्य हजुरको कृपाले ।
भाग्यमा दुख लेखेर दियो त्यो पापी द्यौताले ।
कलिलो बेला सबैको हेला नबुझि रमाएँ ।
कलम र कपी समाउने बेला हसिँया समाएँ ।
सगैँका साथि स्कुल जाँदा किताबै बोकेर ।
म रून्थे बाबा यो भाग्य सम्झि मूहारै छोपेर ।
उमेर सात निर्दोषी हात पराईलाई सुम्पेर ।
भएछु बाबा हजुरको बोझ छोरी भै जन्मेर ।
पराईका घर अनेकौँ डर लाग्दथ्यो मनैमा ।
याँ भन्दा बरू म बस्थेँ बाबा अकेली बनैमा ।
पतिको सेवा सासुको वचन् नमानौँ कसोरी ।
चन्चले भुरा बुद्दिका कुरा म जानौँ कसोरी ।
दाउरा घाँस मेला र पात यो सानो उमेरमा ।
घरको भान्छा चलाऊनै पर्ने आएर अबेरमा ।
पाईन बाबा पतिको माया न पाएँ सासुको ।
बिछ्यौना मेरा पीडाको भए सिरानी आँशुको ।
0 comments:
Post a Comment