सोल्टिनी ।।




हेर्दै राम्री अनेक फेशन गरि'रैछौ सोल्टिनी ।
सुसेली हाल्दै तिमी बेंसी झरि'रैछौ सोल्टिनी । ।

लोभ लाग्दो रुप तिम्रो देख्छु उर्वशी झै,
मुहार भरी सितारा नि छरि'रैछौ सोल्टिनी । ।

जे लाए'नि सुहाउने त्यो ज्यानै क्या गजबको, 
मस्किमस्की हिँड्ने हिस्सी परि'रैछौ सोल्टिनी । ।

बोलायौ खै भेट्न भन्दै आउन ढिला भयो, 
रिसाएर मलाई आखाँ तरि'रैछौ सोल्टिनी । ।

मिठा मिठा माया प्रेमका कुरा चल्न थाल्दा, 
मख्ख पर्दै मेरै छेउमा सरि'रैछौ सोल्टिनी ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment