उन्को लागि



हो म नै दोषी परे तिम्रो नजरबाट ।
अब बसाई सरे तिम्रो सहरबाट ।।

कति धिक्कार गर्छौ उसकै पछी पर्छौ, 
झर्न सम्म नै झरे तिम्रो अदरबाट।। 

पाईएन साथ यहाँ आफन्त हरुकै, 
र दोस्ती सुरु गरे तिम्रोे बगरबाट ।।

खोज्नु उद्देश्य मेरो ठुलो भुल भएछ, 
कयौ पटक मरे तिम्रो सफरबाट ।। 

ईश्वर लाई भेट्न ढुङ्गा पुज्दा पनी,
छल गरियो टरे तिम्रो पथ्यरबाट ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment