अनौठो प्रेम : भाग-एक !!!


     .......................... त्यतिबेला नेपालमा मोबाईलको सुरुवात भर्खर भर्खर भएको थियो । म खाना खाएर पढ्ने तरखरमा थिए । कता कता मोबाईलको रिङ्ग बजे जस्तो लाग्यो । मैले वास्ता गरिन । त्यस्तै एक मिनेट पछि पुन रिङ्ग बज्यो, दिनभरको त्यो गर्मिलाई चुनौती दिदै, मौसमलाई शितल बनाउदै त्यो जुनेली रातमा मेरो अध्ययनलाई बाधा सिर्जना गर्ने त्यो मिसकल म नहेरी बस्न सकिन । मैले साथीको नोट ल्याएको थिए र उस्लाई भोली त्यो नोट फिर्ता दिनुपर्ने थियो । तर त्यो मिसकल ले मलाई तानिरह्यो, मैले मोबाईल हेरे, सेभ नभएको नम्बर थियो, अर्थात मैले नचिनेको नम्बर थियो । मैले वास्ता गरिन पुन अध्ययन मा लागे, तर मिसकल को शिलसिला रोकियन । मलाई रिस उठेर आयो । मोबाईल हरेको त, सात मिसकल र दुई म्यासेज अगाडी स्क्रिनमा प्रष्ट देखीयो । सोचे को होला त म्यासेज पनि गरिसकेछ, पहिलो म्यासेजमा कुनै प्रेरणा दिने जस्तो थियो, जुन आजकल ईन्टरनेटमा मोवाईल म्यासेज भनेर सर्च गर्दा छ्याप छ्याप्ति देखिने खालको म्यासेज थियो, मलाई अहिले त्यो म्यासेज यो नै लेखिएको म्यासेज थियो भन्ने याद भएन । तर दोस्रो म्यासेजमा लेखिएको थियो, 

"छ्या त्यती राम्रो म्यासेज र त्यती धेरै मिस कल गर्दा पनि कल ब्याक नगर्ने तपाई त कस्तो मन भएको मान्छे के !! कल ब्याक नगरे पनि म्यासेजको रिप्लाई त गर्नु पर्छ नि !! रिसाउनु भएको हो र ?? नरिसाउनु है !!" 

                                 पहिलो म्यासेजले मलाई केहि पनि लागेको थिएन तर दोस्रो म्यासेजले मलाई सोचमग्न बनायो । को थियो त्यो ? ति राम्रो कुराहरु, त्यो थोरै घुर्कि, त्यो थोरै आग्रह, त्यो थोरै डर, अनि त्यो सबै भित्र लुकाएको त्यो माया । कस्तो खालको म्यासेज थियो आखिर त्यो ?? को होला ?? के मलाई चिनेको छ.?? केटा हो कि केटी ?? केटाले त यस्तो म्यासेज गर्नु नपर्ने, साएद केटी नै हुनुपर्छ !! तर को हो त ?? मेरो दिमागमा मैले चिनेको केटी साथीहरु, आफन्तहरु सबैको अनुहार एक पछि अर्को गर्दै आउन थाल्यो । तर खोई तिनीहरु कसैले पनि त्यो म्यासेज गरे जस्तो लागेन । कस्ले गर्यो त ?? 


                                      टिङग् मलाई फेरी मोवाईलमा आएको अर्को म्यासेजले झस्कायो, मत सोचाईमै रहेछु, म्यासेज खोलेर हरे, लेखिएको थियो, 

"सरी ल मैले हजुरलाई झस्काए, को होला भनेर सोच्दै टोलाउनु भएको होला हगी ?? त्यसरी टोलाउनु पर्दैन के, किन म्यासेजको रिप्लाई नगर्नु भएको ?? रिप्लाई गर्नुन पिल्ज !!" 

मैले केहि नसोचिकन म्यासेज टाईप गरे, 

"को हो तपाई ?? तपाई मलाइ चिन्नुहुन्छ ??" र सेण्ड गरिदिए । 

             म्यासेज सेण्ड गरिसकेपछी सोचे उस्को म्यासेज कति सुन्दर थियो, म्यासेज भित्र धेरै कुराहरु लुकेको थियो, तर किन मैले त्यो रुखो जवाफ फर्काए ? मलाई चिनेको भएर नै त त्यसरी म्यासेज गरेको त होला नि, मैले त्यो म्यासेज सेण्ड नगर्नु पर्ने थियो । कता कता मलाई ग्लानिको महसुस हुन थाल्यो । को होला मेरो त्यो म्यासेज ले रिसाएको त छैन होला, तर किन म्यासेजको रिप्लाई आएन अहिले सम्म, मलाई छटपटी हुन थाल्यो, तर उस्को म्यासेज आएन, कता कता मन ले सरि भनेर म्यासेज गरु कि जस्तो नलागेको होईन, तर त्यो भन्दा अगाडी मेरो ईगो आयो, मैले किन म्यासेज गर्ने को हो त्यो त म साँचिकै चिन्दिन नि । अनि दिमागले भन्यो त्यो चिन्दै नचिनेको मान्छेको बारेमा सोचेर किन आफैलाई तनावमा राखीरहेको ?? मुर्ख मान्छे, तैले आज नोट सारी सक्नुपर्ने होईन र ?? म नोट सार्न तर्फ लागे । तर मेरो दिमागमा त्यो को होला, चिनेको छ छैन होला ? किन त्यस्तो म्यासेज गरेको होला आदि आदि कुराहरु मन भरि आएर म नोट सार्न सकिन । यसरी मेरो मनलाई बिचल्लित बनाएर हराउने कस्तो मान्छे, कता कता रिस पनि उठ्यो, उस्कै बारेमा सोच्दा सोच्दा कति बेला निदाएछु थाही भएन............... 

                                   भोलिपल्ट बिहान आठ बजे मेरो आँखा खुल्यो, बिहान ०५:३० मा उठेर छ बजे कलेज पुग्न पर्ने म आठ बजे बिउझिएछु, बेलुका आएको म्यासेजले गर्दा मनमा धेरै कुराहरु खेलेको कारणले राति धेरै बेरसम्म पनि म निदाउन सकेको थिएन । त्यसैले होला बिहान बझेको आलाराम ले पनि मेरो निन्द्रा खुलेनछ !! त्यो म्यासेज गर्ने देखी धेरै रिस उठेर आयो, आफुले रिप्लाई गरेको म्यासेजमा पनि ठिकै गरेछु जस्तो लाग्यो । आठ नै बजेको भए पनि साथीको नोट त आज जसै दिनुपर्ने थियो, त्यसैले हतार हतार फ्रेस भएर लागे कलेज तिर...........

                             मैले ति म्यासेजहरु र नम्बर डिलेट गरेको थिए, तर केहि दिन पछि त्यहि नम्बरबाट पुन म्यासेज आयो, 

"एक दुई दिन को होला लाग्यो होला अनि मलाई बिर्सिनुभयो होला हगी ?? मनमा माया नभएको मान्छे !!" 

यो कस्तो खालको म्यासेज थियो वास्तविकतामा जे भएको छ त्यहि उस्लाई कसरी थाहा हुन्छ ?? 

"नै बिर्सिएको छैन, तपाईको म्यासेजको प्रतिछ्यामा नै थिए । कृपया आफुलाई चिनाउनुहोस् न पिल्ज !!" 

यो पालि भने मैले अलिक सभ्य हुने पाराले रिप्लाई गरे । 

"कुरा गर्नको लागी के चिन्नु नै जरुरी छ र ??" उताबाट तत्कालै जवाफ आयो । 

कस्तो मान्छे होला, नचिनिकन नै कसरी कुरा गर्ने होला, एक अर्काको बारेमा थाही नभैकन के कुरा गर्ने होला ? र पनि मैले मोवाईला टाईप गरे, 

“माफ गर्नुहोला म नचिनेको ब्यक्तिसँग अनावश्यक बिषयमा कुरा गर्ने गर्दिन । र मलाई थाहा छ तपाई मलाई चिन्नुहुन्छ, को हो तपाई भन्नुहोस् न पिल्ज !!” मैले सेण्ड गरे । 

“म तपाईको श्रिमती हुँ । तर भैसकेकी छैन !! अव मलाई तपाई को हो भनेर मेरो मन नदुखाउनु ल !! किनकी आफ्नै श्रिमानले तपाई को भनेर सोध्दा मेरो मन कति दुख्छ त्यो तपाई आफै महसुस गर्न सक्नुहुन्छ !!” 

तत्कालै उताबाट आएको जवाफले मलाई झस्कायो । होईन मैले कहिले बिहे गरे ?? सानोमा नै बाबा ममिले बिहे त गरिदिनु भएको थिएन ?? म्यासेज पढेर म अवाक भए, तर एक कुरा भने कन्फम भए कि मलाई म्यासेज गर्ने मान्छे केटी थिईन् । तर तपाईको श्रिमती हु तर भैसकेको छैन, यो कस्तो जवाफ ? हुनेवाला भनेको भएपनि त हुने हो नि । के त्यसको अर्थ हुनेवाला होईन र ?? होईन केहि फरक छ होला !! अर्को कुरा जे सुकै भएपनि मैले जस्लाई चिनेको सम्म छैन, यहाँ सम्म कि मलाई उनको नाम सम्म पनि थाहा छैन कसरी मेरो श्रिमती हुँ भनेर भन्न सकेकी होलिन् ?? साएद मलाई कार्टुन बनाउन खोजिरहेको छ कसैले । ओहो त्यसो भए त यो केटा पनि त हुन सक्छ नि, होईन र ?? म्यासेजमा केटा कि केटी के थाहा, एक पटक कल गर्छु अनि थाहा हुन्छ । कल गर्नको लागी मोबाईल हेरेको थिए अर्को म्यासेज आईसकेको रहेछ, 

“जस्लाई चिनेको पनि छैन उस्ले श्रीमती भन्ने को होला भनेर सोच्दै हुनुहुन्छ होला हगी ? कस्तो खालको केटी रहेछ भनेर सोच्दै हुनुहुन्छ या कोही तपाइको केटा साथीले नै तपाईलाई जिस्काउदै छ भन्ने सोच्नुभयो ? हुनेवाला श्रिमती नभनि किन तपाईको श्रीमती हुँ तर भैसकेको छैन भनेको होला लाग्यो होला हगी ? हो म हजुरको श्रीमती नै हुँ, यो कुरामा ढुक्क हुनु ।” 

म्यासेज पढेर म झनै अवाक भए । को होला म जे सोच्दैछु उस्लाई पनि त्यो थाहा छ । कुनै पनि कुरामा म धेरै सोच्छु त्यो पनि थाहा छ। यस्को मतलब उनलाई मेरो बानि पनि थाहा छ । को होला यसरी मलाई सताउने ? एक पटक त कल गर्नै पर्यो । मैले कल गरे तर उनले उठाईनन् ! फेरी गरे र पनि उठाईनन् । कस्ति खालकी केटी होली, आफुलाई मेरो श्रीमती भन्छे, मेरो मनमा के चलिरहेको छ सबै थाहा पाउछे, फोन गर्दा उठाउदिन, कता कता फेरी त्यो केटी नै होईन कोही साथीले यस्तो गर्दै छ कि जस्तो पनि लाग्यो । मैले “किन फोन रिसिभ नगर्” सम्म म्यासेज टाईप गरेको थिएँ उता बाट म्यासेज आयो 

“म तपाईकी नै त हुनी, अहिले फोन रिसीब गर्न मिल्दैन पछी म आफै फोन गर्छु, नरिसाउनु है मेरो हजुर” धेरै नसोच्नुहोस्, अनि आफ्नो ख्याल गर्नुहोस् ल !” 



मैले टाईप गर्दै गरेको म्यासेज डिलेट गरे, त्यसपछी .......................


क्रमश.................................




                                                                                                        - दिनेश लामीछाने 



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment