............. सधैको जस्तै गरि नै बिहान उठेर नुहाईओरि फ्रेस मुडमा नै अफिस गएको थियो उ । खुलेर कुरा गरेको थियो तर बेलुका अचानक उस्को मुहारमा एक किसिमको बदलाव देखे, खोई किन हो । खाना पनि त्यति मन लगाएर खाएको थिएन उस्ले । अनुहारको रंग उडेको थियो, आँखा केहि रसाएको जस्ता देखिन्थ्ये, धेरै बेर यहा र उता गर्दै मडारिएर पनि बर्सन नसकेको बादल जस्तो र देख्दा झरिहाल्छ कि जस्तो । जतिबेलै बोलिरहने, केहि नबोलिपनि मुहार मा सधै मुस्कान झल्काउने उस्को मुख बन्द थियो । लाग्थ्यो त्यो मुख कहिले खोल्नै नपरे हुने थियो सोचेको छ कि जस्तो । सधै अफिसबाट आएर लुगा अर्को लगाउने मान्छे त्यस दिन उ यसै बेडमा पल्टियो । मैले साधारण तया उ घोप्टो परेर सुतेको देखेको थिईन, तर आज उ घोप्टिएको थियो । देख्दा लाग्थ्यो उसको शरिरमा शक्ति भन्ने कुरा नै छैन मनले धेरे कुरा सोचे, र बिस्तारै उस्को नजिक गए र सोधे ।
के भयो "अदित" ??
बिरामी भयौ कि के हो ??
मैले बिस्तारै अदितको गालामा हात राखे । तातो थिएन तर चिसो थियो । घोप्टिएको उस्लाई मैले सिधा गराउन पल्टाए उ सजिलै पल्टियो । एक पात लाई उचालेर अर्को पट्टि राखे जस्तो । उस्ले बेला बेलामा मेरो अगाडी नै गरमा फोन गर्दा यति के जि छु, दुब्लाएको छैन भनेको सुनेको थिए । तर मैलै उस्लाई ख्याल नै नगरेको रहेछु, कति दुब्लाएको रहेछ त । कति हल्का । अदित केहि नबोली पुन घोप्टियो । उस्को अाखाँको बादल हटेको थिएन, उस्ले म तर्फ एक पटक पनि हेरेन । मैले पुन सोधे
अदित के भयो ??
केहि भएको छैन, प्लिज दिनेश मलाई केहि नसोध त म सुत्छु भनेर उ सुत्यो ।
मैले उस्लाई डिस्टब गर्न चाहिन । सोचे भोलि केहि फ्रेस होला त्यसपछि सोध्नु पर्ला ।
झापा स्थायि घर भएको अदितलाई मैले एक बर्ष अगाडी भेटेको थिए । झापामा ब्याचुलर पढ्दै गरेको अदित
अन्तिम बर्षको इक्ज्याम नदिकन काठमाण्डौ आएको थियो । कामको सिलसिलामा एउटै अफिसमा काम गर्ने भएको ले दुबैको खर्चमा पनि केहि कटौति हुने र दुबैलाई साथि पनि हुने भनेर बिगत दश महिना देखि म उ सँगै बस्दै आएको थिए। घरमा बुबा आमा र बहिनि "अदिती" थिए उस्को परिवारमा । बहिनि अदिती सँग उ धेरै समय कुरा गर्ने भएको ले मलाई उस्को नाम याद छ र साथै बेला बेलामा म उस्को बहिनि र ममि सँग फोनमा कुरा पनि गर्ने गर्छु । सानो अनि सुखि परिवार थियो उस्को । दश महिना सम्म मा कहिले दुखि नदेखीएको अदितलाई आज एक्कासी दुखि देख्दा कता कता मलाई पनि छट्पटी भैरहेको थियो । एक अर्काको कुराहरु सेयर गर्ने क्रममा ऊ अाफ्नो परिवार र घर को बारेमा बाहेक खासै केहि बताएको पनि थिएन । मैले पनि खोई किन मैले कहिले सोधिन आज महसुस भैरहेको छ । अदितको बारेमा मनमा कुराहारु सोच्दा सोच्दै कतिबेला निदाएछु थाहि भएन ।
भोलिपल्ट अफिस जाने बेला हुदा सम्म पनि अदित नउठेपछि मैले उस्को नजिकै गएर भने
ओ हिरो अाज अफिस नजाने बिचार हो कि के हो ??
के भयो तिमिलाई बिरामि भयौ कि के हो ?
उ कति बज्यो भन्दै अाफ्नो नजिकै रहेको मोबाईल हेर्यो ओहो नौ पो बजिसकेछ,
उ उठ्यो र अफिस लाग्यो, हिजो अफीसबाट आएर यसै सुतेको थियो उ , एउटै अफिसमा जाने भय पनि उ मलाई नकुरि हिनेको देख्दा मै ले नै केहि गल्ति गरेछु कि जस्तो पनि लाग्यो । अफिसमा हाम्रो डिपार्ट फरक फरक थियो, जब बेलुका घरमा आउदा पनि अदित को मुहारको चमकता झनै उडेको देखिन्थ्यो । ओठमा हाँसो पटक्कै थिएन, अघिल्लो दिन भन्दा पनि झनै कमजोर देखिन्थ्यो उ ! मैले कर गरेर नै सोधे उस्लाई, अदित भन त के भयो ?? उ केहि बोल्ने मुडमा पटक्कै थिएन ।
यहि शिलशीला दुई दिनसम्म चल्यो । तेस्रो दिन उ अफिस जान सकेन, अब मेरो शहनसिलता र उस्को त्यो हालत देखेर बस्न सक्ने धैर्यता म मा थिएन र भने ।
हेर अदित तिमिलाई मनमा केहि भएको हो म सँग केहि कुरामा रिसाएका हौ भने भन, नत्र बिरामि भएका हौ भने हिन हस्पिटल जाँऊ ।
उ केहि बोलेन,
म उस्को अगाडी बेडमा बसे, र भने
अदित म तिर हेर, पिल्ज यार के भयो भन त ?? मेैले धेरै कर गरे।
मेरो धेरै बेरको रिक्वस्ट पछि उ बोल्यो ।
ओके ओके म भन्छु सुनः अदित भन्न थाल्यो
मैले मेरो परिवार र मेरो घरको बारेमा त भनि सकेको छु, तिमी मेरो ममि र बहिनी अदिति सँग त पटक पटक कुरा पनि गरेका छौ। म पढ्दै थिए, मेरो कलेज बिराटनगर थियो । म कलेज बिराटनगर भएको ले बिराटनगरमा नै कोठा लिएर बसेको थिए। त्यहि एक अफिसमा काम पनि गर्दथे र अाफ्नो खर्च अाफै धानेको थिए, घरबाट पैसा माग्नु परेको थिएन । बिहान कलेज जान्थे दिउसो अफिस मेरा दिन हरु त्यसैगरि बितिरहेका थिए । त्यस्तै मा एक दिन मेरो घर झापा तिरकै अनुपा सँग मेरो कुरा भयो। हाम्रो कुराकानिको समय बढिरहेको थियो । अनुपा झापा मा नै पढ्ने अनि एक अफिसमा काम गर्ने गर्दथिन् । हामी राती धेरै बेर सम्म कुरा गर्थेउ, कुराकानि कै शिलसिलामा हामी एक अर्काका भैसकेका थियौ । मैले उनको फेसबुकमा टाईमलाईन त हेरेको थिए तर मैले उन्को फोटोको एल्बममा गएर सबै फोटोहरु हेरेको भने थिएन । सुनेको छौ होलानि दिमागले गर्छु भनेर आँटेको हुन के हुन्छ थाहा हुदैन तर मनले आँटेपछि जसरि पनि हुन्छ । त्यसैले केहि काम दियपनि मन लगाएर गर्नु नि भन्ने गर्ने होलान बुढा पाका हरु पनि, त्यस्तै भयो मेरो जिवनमा पनि मैले उनिलाई आफ्नो मन मा राखी सकेको थिए र उनिले पनि मलाई आफ्नो मनमा राखेकी थिईन । हामी एक अर्काका भै सकेका थियौ । एकले अर्कालाई बोलाउदा बुढा-बुढी भनेर नै बोलाउने गर्थ्यौ । हाम्रो सबै कुराहरु मिल्ने थियो, एक अर्काको परिवारलाई मनाउन पनि धैरै गार्यो होला जस्तो मलाई लाग्दैनथ्यो । तर पनि मेरो मनमा म अनुपालाई गुमाउछु कि कतै भन्ने डर भने थियो । त्यसैले होला परिवारले मान्छ, सहजै हुन्छ भनेर यसै बस्न मलाई मन लागेन । भन्छन् नि आफ्नो थैलिको मुख राम्रो सँग बन्द गर्नु अरुलाई दोष नदिनु, म अनुपालाई सधै खुसी राख्न चाहान्थ्ये, उन्को आँखाबाट कहिले आँसु झार्नु नपरोस् चाहान्थे र सबै भन्दा मुख्य कुरा म अनुपालाई गुमाउन चाहादैनथे । तर सोच्थे एदि परिवारले मानेन भने?? एदि परिवारले तैले रोजेको केटाले के गर्छ भनेर सोध्दा म नर्मल अफिसमा काम गरेको देख्दा, के मैले अनुपालाई खुसी राख्छु लाग्ला अनुपाको परिवारलाई ?? एदि भोलि परिवारले मानेन र हामी आफै बिहे गर्नु पर्यो भने ?? म पैसाको ब्यवस्था कहाँबाट गर्ने ?? हामी आफै बिहे गर्यौ र एदि अनुपालाई दु्ख भयो भने ?? समाजले गिज्याउने छ हामिलाई । मैले त्यो अवस्था आउन दिनु हुदैन । त्यो दिन अाउन नदिनलाई पनि मैले केहि गर्नै पर्छ ।
अनुपा पनि ब्याचलर पढ्दै थिईन् र ब्याचलर पढीन्जेल सम्म त उनि म पढ्दै छु भनेर परिवारको बिहेको प्रस्तावलाई अस्विकार गर्लिन् तर त्यसपछि ?? म जुनसुकै परिस्थिति आए पनि मेरि अनुपालाई आफ्नो बनाउनु छ । किनकी म मेरि अनुपा बिना बाँच्दिन र मेरि अनुपा म बिना । त्यसैले जति ढीला गर्यो पछि त्यति नै समस्या हुन्छ जस्तो लागेर पहिले केहि पैसा को ब्यवस्था गर्ने अनि बिहे पछि एक अर्का सँग कहिले अलग नहुने र अहिले कमाएको पैसाले कहि केहि मिलेर गरी सुखी अनि सुन्दर जिवन बिताउने आसामा म बिराटनगर देखि काठमाण्डौ आउने निर्णय गरे । अन्तिम बर्षको ईक्ज्याम भन्दा अनुपा मेरो लागी धेरै महत्वपुर्ण थिईन् ईक्ज्याम त फेरी पनि दिन सक्दथे तर एदि अनुपा म बाट टाढा भईन भने ?? नाई म त्यो सोच्न पनि सक्दिन । मलाई अनुपा भन्दा अरु सबै नगन्य लाग्यो । जसरि हुन्छ अनुपालाई खुसी राख्नु र हामि एक अर्काको त भैसकेका थियौ तर दुनुयाको नजरमा एक अर्काको हुनु थियो ।
मेरो काठमाण्डौ जाने कुराले घरमा बाबा ममि र बहिनी अचम्ममा पर्नु भयो । उहाँ हरुलाई मनाउन धैरै गार्यो भयो, म सिधै भन्न सक्दिनथे कि म अनुपा को लागी मेरो सास नै अनुपा हुन र त्यहि सासको लागी, म जसरी पनि जानु पर्छ भनेर। र पनि जिध्दि गरेर भएपनि घरमा त मनाए, तर अनुपालाई पनि म यहाँ आउने कुरा मन परेन, उनि मलाई नजानु भन्दै रुदा उन्को त्यो आँखाबाट निस्किएको आँसुले मलाई दुख्दथ्यो । मालाई त्यो सहन धेरै गार्हो भयो । म अनुपालाई म तिम्रो खुसिको लागी हाम्रो सुन्दर भविस्यकोलागी जान लागेको भनेर नभन्ने सोचमा थिए तर म उनको आसु देख्न सकिन । र सबै कुराहरु भने । जिवन राम्रै चलिरहेको थियो, यहाँ आएपछि पनि हरेक दिन हामि कुराहरु गर्दथेउ, उनि घरमा हुदा म सँगै छन लाग्दथ्यो अनि उनि घर बाहिर जादा आज बुढी बाहिर छ जस्तो लाग्दथ्यो । हामी बिच ्असिम माया ्थियो । तर यस्तैमा मेरो जुन कुरामा डर थियो त्यहि भयो दिनेश ।
के कुरा ??
मैले सोधे
अनुपाको बिहेको कुरा चल्यो, तर पनि मलाई अनुपा माथि धेरै बिस्वास थियो । किनकी केहि समय पहिले मेरो साथीको गर्लफ्राण्डले घरमा फोर्स गरे भनेर र US भयको राम्रो केटा भनेर मेरो साथिलाई छोडेर अरु सँग बिहे गर्यो । साथि रोहिरहेको छ भन्दा उनले भनेकी थिईनः-
बुढा यस्मा हजुरको साथिको गर्लफ्रेण्डकै दोष छ ।
बुढा हाम्रो त्यस्तो दिन कहिले आउदैन । हजुर न-आतिनु,
म त्यहि कुरा सोचेर पनि म मेरि काली बरु मर्न तयार हुन्छे तर बिहे गर्न हुदिन लागेको थियो । तर .................... उस्ले वाक्य बिचैमा छोड्यो ।
तर के अदित ??
मैले सोधे ........... उ रुन लाग्यो...... उस्को मु्खबाट कुनै शब्दहरु नै निस्कन सकिरहेका थियनन् । मैले उस्लाई हग गरे, नरुनको लागी भने....... केहि बेर पछि उ शान्त भयो । अनि मैले पुन सोधे तर के भयो अदित ??
उ लामो सास लिदै भन्यो, अनुपाको बिहेको कुरा फिक्स भएछ, अब आउने शनिवार उनको बिहे छ । मलाई मेरी अनुपाले जसै बिहे हुने भयो हजुर आउनु म अरुसँग बिहे गर्न सक्दिन सम्म पनि भनिनन । म उस्को लागी संसार छोड्न तयार छु अब के म जादिनथे होला उस्ले बोलाएको भए ??
कस्तो माया गरेउ ?? के अनुपाको माया साचो थिएन त अदित ? मैले सोधे
नै म मेरि अनुपाको माया लाई झुठो त भन्नै सक्दिन...... उनि मलाई मनले माया गर्थिन ,
त्यसो भए उनिले तिमीलाई किन....... मैले बिचैमा छोडे..
म मेरि अनुपाको माया लाई गलत त कहिले मान्न सक्दिन । कहिले सम्म बाँच्छु थाहा छैन । साएदै उनि जति त बाँच्दिन पनि होला.... किन कि मलाई अर्को जुनिमा पक्कै तपाईको हुन्छु भनेकी छन । म उनको हुनको लागी भएपनि मर्नु छ । उन्को बैबाहिक जिवन शुखमय होस् मेरो यहि मेरो कामना । छ त उनिसँग केवल गुनासो छ ।
कस्तो गुनासो अदित ??
हो गार्हो पक्कै हुन्छ, हरेक माया गर्नेहरु जो सुकैलाई पनि, कि परिवारले अगाडी सारेको प्रस्तावलाई अस्विकार गरि आफै रोजेकि छु भन्न..... तर गार्हो छ भन्दैमा आफ्नो मन बिपरित आफुलाई र अरुलाई जिउदै मार्नु भनेको कसैको घाँटी रेटेर मार्नु भन्दा ठुलो गल्ति हो । किनकि घाँटी रेटिएको मान्छे त एकै पटकमा मर्छ । तर मायामा बेरेर छाडी मारिएको !! पटक पटक, हरेक सेकेण्ड मरेको हुन्छ । हरपल पल पल तड्पाई तड्पाई मार्नु कति ठुलो गल्ति ?? साएद माया गर्नुको सजाए होला । मनले माया गर्नुको। त्यसरि छोडेर पनि पुग्दैन र भन्छन मेरो खुसिको लागी तपाईले यो गर्नु पर्छ र त्यो गर्नु पर्छ । हरेक दश मिनेटमा कुनै म्यासेज नआए पागल हुने बनाएर छोड्ने बेला भन्छन म सधै तपाईकि हु तर मलाई म्यासेज नगर्नुहोस, एदि मेरो खुसी चाहानुहुनु्छ भने । अनुपाले पनि त्यस्तै भनिन् दिनेश ।
हरेक पल पल मा मरिरहेको मेरो खुसी, पागल सरी भएर हिनेको यो तनको पिर किन छैन त उनिलाई ??
एदि वास्तबिक बाध्यता नै हुन्थ्यो भने त यस्तो नभन्नु पर्ने होईन र ?
के सबै माया गर्नेहरुको हालत यस्तै हो ??
यस्तै नै हो भने कसैलाई माया नै किन गर्ने कसैसँग रिलेशनमा नै किन बस्ने ??
त्यस्तो कुनै पनि परिवार हुदैकन कि आफ्नो बच्चाको खुशी नचाहाने..... बस् भन्न सक्नुपर्छ कि म तपाईहरुको प्रस्तावलाई अस्विकार गर्दछु मलाई छमा गर्नुहोस् तर म यस्लाई चाहान्छु मेरो चाहाना मेरो रोजाई त्यो हो ।।
बोल्दाबोल्दै ऊ भक्कानियो........ भन्यो म मर्न चाहान्छु । मलाई खानामा बिष राखेर देउ न दिनेश तिमिलाई धर्म लाग्ने छ मेरो । त्यो धेरै दिन देखि मडारिएर बसेको उस्का आँखाका बादल आँसु बनि उस्को आँखाबाट बर्सीरहेका थिए । म निशब्द भएर उस्लाई हेरिरहे !!
अनि आफ्नै मनले सोच्न थाले माया पबित्र हुन्छ भन्छन, तर त्यहि पबित्र माया गर्नेलाई माया गर्ने हरुले नै कहानिहरुको ब्याख्या गरिने नरकको पिडा भन्दा पनि ठुलो पिडा किन दिन्छन होला ?? के त्यसो भए पबित्र माया गर्नु पाप हो त ?? त्यसैले पनि होला माया को अर्थ दिन प्रतिदिन फेरिदै गएको पनि !! के साँचो माया गर्नेहरुले दोषी हुन् त ?? सुनेको थिए चोखो माया कहिले मर्दैन, एदि अदितको अनुपाले उस्लाई चोखो माया गर्ने भएत यस्तो भन्नु नपर्ने । अदितले सोधेका प्रश्नहरुको उत्तर म सँग पनि थिएन । कामना गर्छु भगवान एदी कसैलाई अलग गराउनु छ भने मिलाउदै नमिलाउ । कोही पनि अदितको जस्तो जिउदै मरेको जिन्दगी जिउन नपरोस् र कोहिले बरु घाटी रेटेर बिष पिलाएर सिधै मारुन् मार्नै परे, अनुपाले जसरी जिउदै हरेक पल पलमा मारेर आफ्नो बाटो नरोजुन ।
0 comments:
Post a Comment