अनौठो प्रेम : भाग-दुई !!




……………. न्युरोडको एक सामान्य फाईनान्समा काम गर्ने म त्यो दिन काम धेरै थियो । त्यो थकानको बाबजुद पनि मलाई भने त्यो को होला भन्ने उत्सुकता मनमा रहि रहेको थियो । अफिसमा मेरो कुराहरु धेरै बुझ्ने सलिना दिदी हुनुहुन्थ्यो । दिउसो लन्च टाईम को बेला मैले त्यो सबै कुराहरु सलिना दिदीलाई भने । बिराटनगर घर भएकी सलिना दिदीलाई मैले यहि अफिसमा आएर नै चिनेको थोए । उमेरले म भन्दा ७/८ बर्ष ठुली भए पनि मेरो कुराहरु बझ्नुहुन्थ्यो । म धेरै जस्तो कुराहरु उहाँलाई सेयर गर्ने गर्दथे । 

“ल है अदित भाई बधाई छ है बधाई !!”

दिदीले मेरो समस्या समाधान गर्नुको साटो मलाई जिस्काउन लाग्नुभयो । 

के को बधाई नि दिदी, मेरो कुन साथीले नै मेरो दिमाग खाईराछ । को होला के दिदी तपाई नै भन्नु त ?? 

खै अदित त्यो केटा त हो जस्तो लाग्दैन । हुनलाई केटी नै हुनुपर्छ । मेरो नम्बर बाट कल गरि हेर्ने ?? 

होईन अफिसको नम्बरबाट गरौ कि के हो ?? मैले भने । 

के हो मलाई नम्बर दिए कुरा बिर्रिन्छकि लाग्यो कि के हो अदित ?? ल ल हाम्रो अदित भाई को पनि......... दिदीले जिस्काउदै कुरा रोक्नुभयो 

मैले त्यो नम्बर डायल गरे, मनमा कता कता केहि भईरहेजस्तो, आधि बेरि आउनु अघि चल्ने वतास जस्तै चलिरहेको थियो । म एकदमै नर्भस भएको थिए । 

ल है अदित भाईलाई पिर परे जस्तो छ, केटा पो पर्छ कि भनेर, त्यो अनुहार कति रातो बनाएको हेर । कति नर्भस भएको के ?? पहिलो रिंग गएको थियो मैले फोन काटिदिए । म गोरो मान्छे, म थोरै नर्भस हुदा पनि मेरो फेस रातो हुने गर्दथ्यो । 

ल किन फोन काटेको ?? झन रिंग गएको थियो । तिमीलाई कुरा गर्न गार्हो भएको हो भने म कुरा गर्छु नि त ! रिडाईल गर । 

नै भयो छोडिदिनु दिदी, जो भएपनि अब त्यो नम्बरमा म म्यासेजको रिप्लाई नै गर्दिन । र नम्बर पनि डिलेट गरिदिन्छु । मैले म्यासेज र नम्बर डिलेट गरिदिए । दिदी मलाई हेर्दै मुस्कुराउदै हुनुहुन्थ्यो । तर दिदीलाई के थाहा त्यो नम्बर मेरो दिमागमा सेभ भैसकेको छ भन्ने कुरा । 

दिनहरु बितिरहेको थिए मलाई कता कता उन्ले म्यासेज गरे पनि हुने नि, या फोन गरे पनि हुने नि जस्तो लाग्ने गर्दथ्यो । दिउसो त अफिसमा हुने गर्दथे तर हरेक रातमा मलाई उनको यादले सताउने गरेको थियो । कस्तो हगी जस्लाई चिनेको सम्म पनि छैन । नाम पनि थाहा छैन उस्को यादले सताउने । आखिर के रिलेसन छ मेरो त्यो व्यक्तिसँग ?? रमाइरहेको मेरो संसारमा उन्का ति म्यासेजहरुले के रोपेर गयो ?? कि मलाई आज हरेक रात लामो लाग्ने !!

पाँच दिन सम्म पनि उन्ले म्यासेज कल केहि नगरेपछि मैले नै पाँचौ दिन साँझ उनिलाई कल गरे । तर उन्ले फोन काटिदिईन । मलाई कसैले जिस्काएको जस्तो नै लाग्यो र बेकार मा कल गरेछु जस्तो लाग्यो । फोन अफ गरेर राखीदिए । पढ्न मन लागेन, खाना खाने मन थिएन, सुते । तर आँखामा निन्द्रा पटक्कै थिएन, एफ.एम, कान्तिपुर, ईमेज, उज्यालो, रे खोले तर साँझको समय भएकोले होला कुनैमा पनि पुराना गितहरु बझेको थिएनन् । सुत्न सकिन, उठे के गरौ र कसो गरौ को सामाजस्यतामा रहेको मेरो मनले मेरो मस्तिस्कलाई पनि बन्धक बनाएर राखेको थियो । म कुनै निर्णय गर्न सकिरहेको थिएन । गएर दुई ग्लास पानी खाए र पनि खै प्यास लागीरहे जस्तो लाग्यो । यो कस्तो बेचैनि भएको ?? के उन्ले फोन रिसीभ नगरेकै कारण यस्तो महसुस भैरहेको हो र ?? आफैसँग धेरै प्रश्नहरु गरिरहे, तर कुनै प्रश्नको उत्तर थाहा पाउन सकिन । घरमा बस्न मन लागेन, नजिकै बसन्तपुर पर्ने हुनाले लागे बसन्तपुर तर्फ । 

बसन्तपुर मरु गणेश मन्दिर सम्म पुगे त्यहाँबाट थोरै अगाडी बढी बसन्तपुरलाई एक पटक नियाले । सबै आफ्नै संसारमा थिए मान्छेहरु । साँझको समय भएको ले होला धेरै भन्दा धेरै जोडीहरु मात्र देखिन्थे, बसन्तपुर क्याफे अगाडी पुगेर अडीए । धेरै जसो म त्यहाँ खाजा खाने गर्दथे । तर आज भोक थिएन । त्यहि अगाडी बसे, बस्ने बितिकै एक सानो केटा आयो दाई चिया खाने ?? मैले टाउको हल्लाएर असहमति जनाए । उस्ले बुझेनछ, मलाई हेर्दै बसिरह्यो, मैले पुन पहिले भन्दा जोडसँग टाउको हल्लाए । किनकी मलाई कसैसँग कुरा गर्ने मन नै थिएन । यो पाली भने बुझेछ, उ कुनै जोडितर्फ लाग्यो । साएद उस्लाई थाहा थियो जोडीहरु उस्को आग्रहलाई अस्विकार गर्दैनन् । आँखा अगाडी जति अनुहार देखिन्थे सबै जोडी मात्र थिए । मेरो मनमा झनै त्यो अपरिचित उनिको यादले सताउन थाल्यो । कस्ति होलिन् उनि ?? कुनै दिन यहि ठाँउमा यि मानिसहरु जस्तै म पनि उनिको साथमा हुन्छु होला । कति सुन्दर अनि कति रोमाञ्चित हुन्छ होला त्यो समय । मेरो छेउमा एक जोडी आएर बस्यो । साएद भर्खर भर्खर बिहे गरेको जोडि हुनुपर्छ । देख्दा त्यस्तै लाग्थ्यो । बस्न पाएका थिएनन् पुन त्यहि अघिको केटा आएर चियाका लागी सोध्यो । श्रीमान ले श्रीमतीलाई हेर्यो एक पटक श्रीमती केहि बोलिन र पनि श्रीमान चाँहिले केटालाई हुन्छ भन्यो । र पुन श्रीमतीको आँखामा आफ्नो आँखा पुर्यायो र तत्काल केटालाई केहि भन्यो । कस्तो आँखामा हेरेर नै श्रीमतीको चाहाना बुझ्न सकेको होला हगी ?? के मैले पनि उनको आँखामा हेरेर नै उन्को कुराहरु बझ्छु होला त ?? मलाई पुन उहि अपरिचितको यादले सताउन थाल्यो । 


दाई तपाई आज केहि नखाने ?? ओ दाई सुन्नुभएन ?? त्यो केटा त्यो जोडि पछी मलाई केहि खानको लागी सोधिरहेको रहेछ । म झसंग भए, म त हराएछु आफै भित्र । के खाँउ ?? आँखामा एक पछि अर्को गर्दै त्यहाँ पाउने कुराहरु आए तर मनले केहि पनि खान भनेन । म केहि नखाने भाई मैले भने । दाई तपाईहरुलाई के ल्याँउ ? ओहो मेरो अर्को तर्फ त अर्को जोडि आएर बसिसकेको रहेछन् । त्यस्तै १५/१६ बर्षका होलान ति जोडी । मैले अड्कल गरे । कति छिटो लभ गर्नु परेको होला यिनिहरुलाई पनि । तिनिहरुले अर्डर गरे, तर त्यहाँ मेरो अर्को तर्फ रहेको जोडि जस्तो आँखामा हेरर होईन आ-आफुलाई जे जे मन पर्छ त्यहि त्यहि मगाए । अर्डर पाएपछी केटो म तर्फ हेर्दै गयो । खै के के भन्दै गईरहको थियो आफ्नै सुरमा मैले वास्ता गरिन । मेरो दुई तर्फ दुई जोडी थिए तर तिनिहरुको ब्यबहारमा धेरै भिन्नता थियो । कस्तो फरक हुन्छ हगी एक म्याचुर्ड जोडी र भर्खरको जोडीमा । 

मलाई त्यहाँ बस्न झनै गार्हो भयो म त्यहाँबाट निस्किए । दिनभरको थकानलाई, दिनभरको रहेको तनाबलाई कम गराउने त्यो शितल साँझ ढलिसकेको थियो । मानिसहरुको चाप पनि कम देखिन्थ्यो । र जति मानिसहरु देखिन्थ्य तिनिहरुका पाईलाहरु पनि जतिसक्दो चाँडो चालेजस्तो लाग्थ्यो । साएद छिटो भन्दा छिटो उनिहरुलाई आफ्नो गन्तब्यमा पुग्नु छ । तर त्यो मानिसहरुको भिडमा मलाई भने मेरो गन्तब्यले तानिरहेको नै थिएन । खै किन किन घर जाने मन अझै पनि थिएन । तर पनि रात भर बाहिर बस्नु पनि भएन । नचाहादा नचाँहादै पनि मेरा पाईलाहरु घर तर्फ बढीरहेका थिए । 

ठमेलको ग्लोबल आई.एम.मि कटेर थोरै अघि पुगेको थिए, कुनै लेडिज आवाजले मलाई बोलाए जस्तो लाग्यो । हेल्लो....... हेल्लो...... दाई...... म रोकिए । उ नजिकै आई ।

मैले उस्लाई किन भन्ने नजरले हेरे तर म बोलिन । किनकी म कसै सँग पनि कुरा गर्ने मुडमा नै थिईन ।

यहाँ कुरा गर्न मिल्दैन के, ट्याक्सीमा नै कुरा गरौला । ट्याक्सी....... ट्याक्सी..... उ चिच्याई ।

ओ हेल्लो के कुरा गर्ने ट्याक्सीमा ??? को हो तपाई ?? मैले भने । तर उ ट्याक्सी बोलाउन चिच्याएकी थिई साएद सुनिनछ कुनै प्रतिकृया जनाईन । तर अचानक मेरो दिमागमा कतै त्यो म्यासेज गर्ने केटी यहि त होईन । मैले मोबाईल छामे । ओ मोबाईल त मैले घरमा नै अफ गरेर आएको पो छु त । कुरा गर्न मिल्दैन यहाँ भन्नाले उस्को घर यहि रहेछ कि के हो । मलाई कता कता शंका लागेर आयो । मेरो बारेमा सबै कुरा थाहा छ कि के हो यस्लाई ?? मेरो मनमा धेरै कुराहरु आउन थाल्यो । ओ हेल्लो दाई आउनु बस्नु......... हेलो !! ओहो त्यो केटी त ट्याक्सीमा बसिसकेकी रहिछ । म ट्याक्सी भित्र गए ।

कहाँ जाने ?? ड्राईभरले सोध्यो ।

कुन होटल जाने दाई ?? केटीले सोधी 

कस्तो होटल ?? मैले बुझिन । 

कस्तो बुझिन हो ?? तपाई मलाई लग्ने होईन ?? कति दिने ??

कस्तो कति ?? 

ओ !! मैले बल्ल कुरा बुझे

म त्यस्तो खालको केटा होईन । म बाहिर निस्कन खोजे । 

अनि किन बिस्तारै हिनेको त ?? 

किन बिस्तारै हिन्न पनि नहुने अब ??

म झर्किदै बाहिर निस्के। 

कता कता आफै देखी हाँसो लागेर आयो मलाई । अहिले भने मेरा पाईलाहरु छिटो छिटो बढिरहेका थिए । घर पुगेर मोबाईल अन गरे । मोबाईलको स्क्रिनमा ८ वटा म्यासेज भनेर थियो । मैले हतार हतार इनबक्स खोले, सबै म्यासेजहरु उन्कै थिए । मैले पहिलो म्यासेज खोले, जस्मा लेखिएको थियो.....................................



क्रमश

                                                                                                                --दिनेश लामिछाने 





Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment