......................................... मैले पहिलो म्यासेज खोले। लेखिएको थियो “ हजुरलाई आज बल्ल मेरो याद आयो हगी ?? यतिका दिन सम्म किन म्यासेज कल केहि नगर्नुभएको ?? अहिले म घरमा सबैजना सँग सँगै छु, एकछिनमा कल गर्छु ल ! मिस यु बुढा ।।
पहिलो म्यासेज पढेपछि म दोस्रो म्यासेज हेर्नमा लागे के गर्दै हुनुहुन्छ ? खाना खानुभयो ?? मलाई पनि हजुर सँग कुरा गर्न कति धेरै मन लागीरहेको छ । हेर्नुन घरमा सबैजना हुनुहुन्छ ।
ओहो, उनिले त सबैको अगाडी कुरा गर्न नमिलेको ले पो मेरो फोन काटेकी रहिछन । म यसै यति धेरै चिन्ता लिएर । कति धेरै माया गरेकी के, कस्ती होलिन् उनि ?? उन्को यादमा हराउदै उन्को तेस्रो म्यासेज पढे
किन मोबाईल स्विच अफ गर्नु भएको ?? म झन् यो रातीको समयमा बाहाना बनाएर घरबाहिर आई हजुरलाई कल गरेको । के भयो रिसाउनु भएको हो ?? अनि किन म्यासेजको रिप्लाई पनि नगर्नु भएको ??
मलाई मन भित्रै देखी ग्लानि भएर आयो । मैले एक पटक कल रिसीभ नगर्दैमा फोन अफ गर्न नहुने, हतार हतार उन्को अरु म्यासेजहरु हेरे, सबैमा फोन अफ किन गर्नुभएको ?? धेरै याद आईरहेछ । तपाईको यादले सताईरहेछ । फोन अन गर्नको लागी आग्रह, म्यासेज गर्नको लागी आग्रह आदि आदि कुराहरु थिए..........
मलाई अहिले भने आफै देखी धेरै नै रिस उठेर आयो । मैले किन त्यस्तो गरे ?? हतार हतार उन्को नम्बरमा कल गरे तर उठेन, पुन गरे उठेन । त्यसपछी म्यासेज गरे
तिमी को हो मलाई थाहा छैन, कस्ती छौ मलाई थाहा छैन, तिम्रो र मेरो बिचको सम्बन्ध तिमीले श्रीमान श्रीमती भन्यौ तर के हो मलाई थाहा छैन। तर तिमी हरपल याद बनेर मलाई सताईरहन्छौ, म्यासेज गर्छौ तर कल रिसीभ नगरेर मलाई अत्याईरहन्छौ । तिम्रो त्यो तस्बिर हरेक पल विभिन्न शैलिमा मेरो आँखाको ढोका ढक्ढकाईरहन्छ । तिमीले फोन रिसीभ गरिनौ, तर तिम्रो यादले सताईरह्यो, त्यसैले म बसन्तपुर गएको थिए । मैले जे हो त्यहि भनिदिए । याद आईनै रहेको थियो । पढ्ने केहि गर्ने मन पनि थिएन अनि आँखामा निन्द्रा पनि थिएन उन्को त्यो यादले नै मनको ढोकामा हानिरहेको थियो । होस् सुत्छु । बेडमा पल्टन्छु ।
के मलाई जस्तो उनिलाई पनि हुन्छ होला त ?? उनिले मलाई कसरी म्यासेज गरीन ?? मेरो नम्बर कसरी थाहा पाईन ?? मलाई कसरी चिनेकी होलीन ?? कसरी कुरा नै नभएको मान्छेसँग म तपाईको श्रीमती हु भन्न सकेकी होलीन् ?? यि र यस्तै प्रकृतिका प्रश्नहरु मेरो मनमा बारम्बार आफैलाई सोधिरहन्थ्यो तर प्रश्नको उत्तर मैले कहिले पाउन सकेको थिएन । घडी हेर्छु ओहो १२ बजेसकेको रहेछ । अब त सुत्नुपर्छ । अर्को कोल्टो फर्कन्छु ।
मेरो मनलाई यति धेरै बेचैन बनाएर के उनि मस्त सँग निदाउन सकेकी होलिन् त ?? के उनि साँचिकै फोन गर्न नमिलेको ले मलाई फोन नगरेकी हुन् त ?? दिउसोको समयमा कल गर्दा पनि त हुने हो नि । दिउसो त घरमा सबै हुदैनन् होला पनि । के उनिले मलाई मनै देखी माया गर्छिन् त ?? नाम के होला उन्को ?? उम् थर के होला ?? हाम्रो बिवाह गर्न नमिल्ने रछ भने के हुन्छ होला ?? बोली कस्तो छ होला ?? हाम्रो जोडी कस्तो देख्छ होला ?? फेरी मोबाईल हेर्न मन लाग्छ कतै उनिले म्यासेज पो गरीन् कि । मोबाईल हर्छु म्यासेज आएको रहेनछ । तर १ बजिसकेको रहेछ । म कति उनैलाई सोच्दै बसिरहेको अब त निदाउनु पर्छ । भोलि कलेज पनि जानु छ । अफिसमा काम कसरी गर्ने अहिले सम्म नसुतेर । म अर्को तर्फ फर्कन्छु र आँखा चिम्लिन्छु ।
बिस्तारै कसैले ढोका खोल्छ, बिस्तारै म तिरै बढ्न थाल्दछ
को हो ??
सुनेको नसुनेझै उक्त ब्यक्ती मेरो बेडतर्फ बढीरहेको हुन्छ ।
म तर्फ आईरहेको ब्यक्तिलाई म देख्छु । रातो कुर्ता सुरवालमा एक सुन्दर युवती मेरो अगाडी हुन्छे ।
म उन्को फेसमा हेर्छु। तर उन्को फेस पुर्ण रुपमा छोपिएको हुन्छ । म उन्को अनुहार केहि देख्न सक्दिन ।
सन्चै हुनुहुन्छ ?? मलाई नै सम्झिदै हुनुहुन्थ्यो होला हगी ?? उनि मलाई मधुर आवाजमा भन्छिन ।
उम् सन्चै छु । तिमी सन्चै छौ ?? हो नि तिमीलाई नै पर्खिदै थिए । किन यति ढिलो आएकी ??
उम यति धेरै माया गर्ने, यति धेरै ख्याल गर्ने हजुर हुदाहुदै मलाई केहि हुने त कुरै भएन नि !! होईन र ???
म त्यती माया गर्छु र ?? तिमिले मलाई गर्ने जति त गर्दिन होला !!
होईन हजुर मलाई धेरै माया गर्नुहुन्छ । अनि अहिले सम्म किन ननिदाउनु भएको नि ?? भोली कसरी काम गर्नुहुन्छ नि ?? मैले हजुरलाई सताईरहेको छु हगी ??
छैन, यति धेरै माया गर्ने, यति धेरै ख्याल गर्ने, जति बेलै मेरो यादमा हराउने श्रीमती ले मलाई कसरी सताउन सक्छीन् ?? तिमी पनि त अहिले सम्म निदाएकी छैनौ नि ।
म त त्यस्तो माया गर्दिन है !! उनि हासिन् ।
कति ऊभिरहेकी बसन ।
हजुरले कति बेला बस्ने भन्नुहुन्छ भनेर नि पतिदेव !!
आफ्नै घरमा पनि मैले बस्न भन्नु पर्छ र प्राण प्यारी !! म पनि जिस्किए
उनि बेडमा बसिन् ।
त्यो बेहुलीले जस्तो घुम्टो किन ओडेको प्राण प्यारी ??
म हजुरकी बेहुली त हु नि !!
अनि घुम्टो त अरुको अगाडी पो ओड्ने हो त मेरो अगाडी पनि ओड्ने हो र ?? हटाउन त्यो !!
नाँई बिहे नभैकन घुम्टो हटाउन पाईदैन ।
अनि हाम्रो बिहे नभैकन म तिम्रो पतिदेव कसरी भए त ??
हि हि....... हि ... हि ......... उनि हाँसीन् ।
खोई त्यसो भए म आफै हटाउछु , मैले उनको घुम्टो समाए ।
टिङ्ग......टिङ्ग.... गर्दै आवाज र त्यो सँगैको भ्राईवेसनले मेरो आँखा खुल्यो । खोई उनि ?? कोठामा नाईट बल्बको प्रकाशले कोठाको सबै चिजहरु देखिन्थे तर त्यहाँ म केवल एक्लो थिए कोहि थएन म सँग । म सपनामा थिए ?? होईन होईन त्यो सपना होईन जस्तो लाग्यो । उफ् उन्को त्यो घुम्टो हटाउन खोज्दा आएको म्यासेज कस्को थियो ?? मैले मोवाईल हेरे....... मोवाईल मा म्यासेज उन्कै थियो ।
कति बेला अन् गर्नुभएको मोवाईल । म पनि हजुरकै यादमा छु । हजुरले मोवाईल अफ र म्यासेज पनि नगरेको ले निदाउन पनि सकेकी छैन । म सँधै हजुर सँग नै हुन्छु । मलाई सम्झिदै नसुती नबस्नु है आफ्नो ख्याल गर्नु । भोली देखी चार दिन म सँग मोबाईल हुदैन चार दिन पछि म आँफै कल गर्छु । नसुतेको भए सुत्नु ल म तपाईको सपनिमा आउछु ।
म्यासेज पढेपछी मरो छटपटी झनै बढ्नथाल्यो, एक त अघिको उनि सँगको भेट, मैले किन उनिसँग उन्को बारेमा केहि सिधिन ?? के म उनिलाई चिन्दछु ?? कस्ती थिईन् उनी ?? फेरी अब चार दिन सम्म म्यासेज नगर्ने कुरा ....... म कसरी रहने ?? साएद म उन्को मायामा परिसकेको थिए, अर्थात उन्लाई मेरो मनले रोजिसकेको थियो ।
बिहान बजेको आलाराम सँगै मेरो आँखा खुल्यो । आँखा खुलेको भएपनि उठ्न मन भने पटकै थिएन । तर पनि कलेज जानुपर्ने थियो । त्यसैले म उठेर कलेजतर्फ लागे ।
अफिसमा पुगेको मात्र के थिए सलिना दिदी के हो अदित भाई आज सुत्दै नसुते जस्तो छ नि ?? आँखा कति रातो भएको ?? के भयो सन्चै त छौ नि ??
उम् दिदी ठिक छु तर त्यो नम्बरबाट म्यासेज आईरहेको छ । मैले हिजो भएको कुराहरु सबै दिदीलाई भनिदिए ।
तर सबै कुरा सुनेपछी दिदीले भनेको कुराले म एक पटक छाँगा बाट खसेजस्तै भए । मेरो शरीर तातो अनि रातो भएर आयो, एसीमा पनि मेरो शरिरबाट पसिना आईरहेको थियो..........................
क्रमश. ........................
-- दिनेश लामिछाने
0 comments:
Post a Comment