अनौठो प्रेम : भाग-चार !!


............................................... दिदीको कुरा सुनेर मलाई कता कता डर पनि लाग्यो । हुन पनि त सक्छ नि । कस्तो एक पटक कुरा गर्न पाएपनि हुने नि !! 

अदित भाई कतै त्यो किचकन्नि त होईन ??

होईन होला । कहाँ त्यस्तो हुनु नि । उनि त्यस्तो हुनै सक्दिनन् ।

हुनै सक्दिनन् ?? अदित कतै तिमीले त्यो केटीलाई मन पराएको त होईन नि ??

होईन होईन कहाँ हुनु, र पनि उनि त्यस्तो होईन जस्तो लाग्छ । मैले भने ।

कसरी होईन भन्न सक्छौ ?? सबै कुराहरु त्यस्तै छन् । तिमीले जे सोच्छौ त्यो उस्लाई थाहा हुन्छ । के गर्छौ, के सोच्छौ, तिम्रो बारेमा सबै कुराहरु थाहा छ । अर्को कुरा को केटीले यसै कसैलाई मेरो श्रीमान भनेर भन्न पनि सक्दैन नि । फेरी तिमी त्यो सँग भेटे भन्छौ, त्यो सपना होईन भन्छौ । किचकन्निहरु पनि त्यसरी नै रातीमा आउछन् अनि बिहान भएपछी जान्छन् । अझ त्यसमाथी घुम्टो हटाउन खोज्दा त्यसैको म्यासेज आएर तिमीलाई घुम्टो हटाउन नदिनु । मलाई त त्यो त्यहि हो जस्तो लाग्छ अदित । त्यस्लाई अव म्यासेज आएपनि रिप्लाई नगर । अनि त्यस्को केहि वास्ता पनि नगर पछी गार्ह्रो हुन्छ । तिमी त्यस्को मायामा परेको त छैनौ नि नढाटी भन त अदित ?? दिदीले शंका व्यक्त गर्नुभयो । 

छैन छैन दिदी..... मैले झुट बोले !! 

अब बाट म्यासेज कल केहि नगर है अदित । पछी फेरी समस्या हुन्छ । तिनीहरुले त मायामा फसाएर बिस्तारै बिस्तारै मार्छन् रे पनि, मैले सुनेको । 

हवस् हुन्छ दिदी । 

दिदीको कुराले मेरो मन निकै बेचैनि भएको थियो । धेरै बेर मडारिएर पनि बर्षन नसकेको बर्षा जस्तो मेरो आँखामा आँसुहरु कतिबेला बाहिर निस्कौ भन्दै पर्खाईमा थिए भने मेरो मस्तिष्कले तिनलाई बन्धक बनाई बाहिर निस्कन दिएको थिएन । के साँचिकै दिदीले भनेको जस्तै उनि ज्युदो मानिस होईनन् त ?? किन रोजिन् त उनिले मलाई ?? त्यस्तोहरुले केहि सम्बन्ध नै नभएकोलाई त रोज्दैनन् भन्ने सुनेको थिए । त्यसो भए के सम्बन्ध छ त उनिसँग मेरो ?? छ त के हुन्थ्यो, थियो होला हगी उनि मरिसकेको भए त । उफ् कतै म सँग बद्ला लिन त होईन ?? मेरो मनमा धैरै प्रश्नहरु खडा भए । काम गर्न सकिरहेकै थिएन, बिस्तारै टाउको दुखेजस्तो महसुस भयो । के गरु कसो गरु केहि सोच्नै सकिरहेको थिएन । सोचे एक पटक अहिले नै कल गर्छु के हो सबै सोध्छु । कल गरे, लेडीज आवाजमा तपाईले सम्पर्क गर्नुभएको नम्बर अहिले सम्पर्क हुन सकेन भन्यो । 

ऊफ् !! यो टेलिकमको पनि काम छैन, भनेको बेला कहिले फोन लाग्दैन, मैले फेरी कल गरे तर लगातार तिन पटक त्यहि आवाज आयो । तर चौथो पटकमा फोन स्विच अफ भएको भनेपछी मैले कल गर्न छोडे । भन्नत उनिले भनेकी थिईन् चार दिन म सँग मोबाईल हुदैन । फेरी सोचे ल्याण्ड लाईन बाट गै पो हाल्छ कि, मैले अफिसको नम्बरबाट कल गरे । तर फोन स्विच अफ नै भन्यो । म भित्र मडारिरहेको बादल झनै मडारिन थाल्यो ।

 


दिदी त्यो म्यासेज गर्ने केटी मरिसकेकी केटी हो भन्ने कुरा थाहा पाउने आईडीया केहि छ ?? अफिसबाट निस्कने बेलामा सलिना दिदीलाई भने ।

उम् त्यस्तो धेरै त मलाई पनि थाहा छैन अदित, तर हेरायो भने थाहा हुन्छ भन्ने सुनेकी थिए । एक पटक हेराउन त । त्यस्तो केटी हो भने हेराउनेले भन्छ । 

कहाँ गएर हेराउने तपाईलाई थाहा छ ?? 

मलाई त थाहा छैन । तर मेरो दिदीलाई थाहा छ कि क्याहो, म भोली सोधेर आउछु नि त ल ?? 

दिदीलाई कल गरेर सोध्नु न दिदी अहिले नै । 

किन आतिएको ?? त्यस्तो आतिनु पर्दैन । त्यो नम्बरमा कल म्यासेज केहि नगर, केहि हुदैन । 

नाँई दिदी गर्नुन । मैले जिद्दि गरे ।

ओके ओके म गर्छु । दिदील आफ्नो दिदीलाई फोन गर्नुभयो । हेराउने ठाँउ त थाहा भयो तर एक्ज्याट लोकेशन भने थाहा भएन । महाराजगञ्ज बाट नारायणस्थान जाने बाटोमा थोरै भित्र पट्टी, अब कहाँ खोज्ने । जाँउ न दिदी त्यहाँ सोध्यो भने पनि त थाहा हुन्छ नि मैले भने ।

अदित भाई तिमी नआतिई त्यो त्यस्तो नभै केटी नै पनि त हुन सक्छे । मैले त सबै कुरा त्यस्तो भएकोले पो त्यसो भनेको त । नआतिअ म भोली दिदीलाई सबै कुरा सोध्छु अनि तिमीलाई जान मन नै लागे भोलि जाँउला । अहिले म जान्छु तिमी पनि जाउ । 

हवस् हुन्छ दिदी 

जाँदै गर्दा दिदीले मलाई नआतिन फेरी भन्नुभयो । 

घर जाने मन थिएन । मलाई त्यहि कुराले नै सताईरहेको थियो । के गरु ?? कता जाँउ म केहि सोच्न सकिरहेको थिएन । कता कता डर पनि लागीरहेको थियो । एकैछिन यसै बसे, लामो सास लिए, बाईक स्टार्ट गरे, तर कहाँ जाने सोचेको थिईन, हिनिसकेपछी मलाई मेरो मनले पशुपतिनाथ तर्फ डोर्यायो । साँझको समय थियो । पशुपतीनाथमा साँझको आरती भैरहेको थियो, त्यसैमा हराए । 

आरतिसकेपछी पशुपतिको गेट तर्फ बढिरहेको थिए, गेटनजिकै एक त्यस्तै ५५/६० बर्षका बाजे देखे जो तपाईको भुत वर्तमान र भविष्य जान्ने कि भनेर लेखिएको सानो बोर्ड आफ्नो झोलामा राख्दै थिए । 

ज्योतिष बा....... ज्योतिष बा...... पख्नुहोस् मलाई हेराउनु छ । म दौडदै उनिको भएको ठाँउमा पुगे 

ए हो र ?? म घर जान लागेको ल ठिकै छ नि त ल बस खै दाहिने हात यता लेउ त !! पोको पारिसकेको झोलाबाट खै के निकाल्दै ज्योतिषले भने । 

ल लिनुहोस् । मलाई आजकल एक मरेको आत्मले सताईरहेको छ । त्यो कन्फम् गर्नु छ । हेतेरी मैले भन्नै पर्दैनथ्यो नि ज्योतिष हो थाहा पाहिहाल्थ्यो नि ! मनमनै सोचे ।

ओहो, तिमीलाई त एक खराब आत्मले मार्ने सोचका साथ तिम्रो नजिक आइरहेको छ नि बाबु, तिमी बेलैमा म भएको ठाँउमा आईपुगेछौ ल राम्रै गर्यौ । के गर्छौ बाबु तिमी ??

अँ........ अँ ......उम् मेरो बोली लर्बरियो..... मुखबाट कुनै शब्द नै निस्केन ।  
हजुर ??
के काम गर्छौ भनेको । 
ए.....  म एक फाईनान्स मा काम गर्छु ।
ल ल बाबु  नआतिए, म सबै भगाईदिन्छु समयमै तिमी म भएको ठाँउमा आई पुगेछौ । आत्तिनु पर्दैन । 

कति सजिलै भनेको होला नआतिनु भनेर तर आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के? अरुको हातमा आफैंलाई बेचे पछी आफ्नो हातमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के ? आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के? उनिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु यो काठमाण्डौका हरेक गल्लीहरु बर्षौ देखी परिचित भएतापनि मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। मैले उनिलाई आफ्नो मन मन्दिरमा सजाईसकेको थिए, उनिसँगको संसारमा रमाईसकेको थिए । अब कसरी भनु म उचित समयमा ज्योतिससँग पुगे भनेर !!! 

हुन्छ ज्योतिस बा म बाट त्यो आत्मको पिछा छुटाईदिनुपर्यो । 

हुन्छ हुन्छ, तर यो आत्म छुटाउने काम धेरै गार्हो काम हो जस्ले छुटाएको हो त्यसैलाई समेत सताउने गर्छ कुनै आत्म । खराब आत्मले मात्र यस्तो काम गर्ने हो । त्यसैले यस्को चार्ज ३५०० रुपैया लाग्छ । 

मैले हतार हतार पर्समा हेरे । दिउसो नै बेलुका सलिना दिदीलाई लिएर हेराउन जाने ठाँउमा जाने भनेर पैसा राखेको त थिए तर कति राखे बिर्सिसकेछु । हेरेको सबै मिलाएर तिन हजारमात्र रहेछ । 
म सँग त तिन हजार मात्र छ, के गर्ने होला ?? तिन हजारले हुदैन ?? 

हेर बाबु यहाँ कुरा पैसाको भन्दा पनि मान्छेको ज्यानको हो । त्यस्तो खराब आत्मले त मान्छेको ज्यानै लिन्छ नि । बार्गेनिङ्ग गर्ने कुरा नै होईन यो । 

मैले कहाँ बार्गेनिङ्ग गरेको हो त ज्योतिस बा, म सँग सबै मिलाएर तिन हजार मात्र छ ल हेर्नुहोस् । मैले आफ्नो पर्स देखाउदै भने । 

ल ठिकै छ नि त अब छैन नै भने अर्को पटक आउदा दिदै गरन त बाबु..................

त्यसपछी उस्ले मलाई आँखा बन्द गर्न भन्यो र मेरो अनुहार भरि खरानि त्यसपछी के के दल्दै थियो । घरी टाउकामा हान्थ्यो त घरी, शरिरमा, के के मन्त्रहरु उच्चारण गरिरहेको थियो ।

ल बाबु मैले तिम्रो शरिरबाट त्यो आत्मलाई हटाईदिएको छु । अव त्यो खराब आत्मले तिमीलाई केहिपनि गर्न सक्दैन । पन्ध्र बिस मिनेट मुख नधुनु, यहि बसे पनि हुन्छ । पन्ध्र मिनेटपछी मुख धोएर जाँदा हुन्छ । त्यस्तै बिस मिनेट जति...... मलाई गार्हो भएकोले बिस मिनेट लागेको पनि हुन सक्छ उस्ले भन्यो । 

हुन्छ ज्योतिष बा !!! 

ल बाबु तिम्रो त साधन पनि रछ, राती भैसक्यो म चाँहि लागे । 

मेरो आँखा पोलिरहेको छ एकछिन पख्नुहोस् न । हेल्लो ........ ज्योतिष बा........ ओ हेल्लो..... 

उ गैसकेको रहेछ। मैले आँखा थोरै उघारेर मेरो वरिपरि निहाल्यर हेरे । 

यस्तो उमेर छदै किन जोगी बनेको होला !!
जोगी होईन पागल होला । जोगी पनि कही सुट पाईण्टमा खरानि घस्छन् र ?? 
हो त हगी पागल नै होला । यस्लाई यहाँबाट हटाउनु पर्छ कि के हो । 
छोडी दे एक छिनमा पनि गएन भने हटाउला !! 

मेरो पछाडी पट्टीबाट आवाज आईरहेको थियो । म पन्ध्र बिस मिनेट बस्ने भनेकाले म यसै बसिरहेको थिए  । मैले यो पटक भने अलिक आँखा खोलेर हेर । सुरक्षामा खटिएका नेपाल प्रहरीका तिनचार सुरक्षाकर्मी मलाई हेर्दै कुरा गरिरहेका रहेछन् । ओहो अब भने यहाँ बस्नु हुदैन । म हतार हतार पशुपती प्रवेश द्वारको देब्रे तर्फ रहेको सौचालय सँगैको धारामा मुख धुन गए । मुख धुदै थिए कता कता मेरो गोजिमा केहि भाईभ्रेट भएको जस्तो लाग्यो, छामे, ओहो फोन पो बजिरहेको रहेछ । हेरे घरबाट रहेछ, खै के भएछ फोन आएको नै थाहा पाएनछु, पाँच मिसकल भैसकेको रहेछ । 

हेल्लो मामु !!

अहिलेसम्म कहाँ गएको बाबु ?? कहाँ छौ ?? किन फोन पनि नउठाएको ?? ममी एक पछी अर्को गर्दै प्रश्नमात्र सोधिरहनु भएको थियो । 

हेल्लो........ हेल्लो....... बाबु सुन्दैछौ नि ?? 

हजुर ममि म यहाँ पशुपती आएको थिए । घर आउन लागेको । 

ओहो आज मेरो छोरालाई कताबाट पशुपति जान मन लागेछ । ल ल छिटो आउ ल खाना चिसो हुन लागीसक्यो । ममि म पशुपति आएको कुराले खुसी हुनुभयो । तर के थाहा उहाँलाई उहाँको छोरा किन पशुपति आएको थियो भनेर । घडी हेरे ओहो साडे नौ भैसकेको रहेछ । पशुपतिमा रहदासम्म मलाई उन्को यादले सताएको पनि थिएन । मलाई पशुपतिको साँझको आरती धेरै रमाईलो लाग्थ्यो पहिले देखी त्यसैले पनि होला । त्यसमाथी उन्को पिछा पनि ज्योतिसले हटाईदिसकेका थिए । तर जति जति घर तर्फ बढीरहेको थिए, तिनै पहिलेका कुराहरु, अनि कस्को आत्म थियो होला । मलाई नै किन रोजेको होला । पुर्व जन्ममा केहि कनेक्सनपो थियो कि । हिन्दी सिनेमाहरु नाम याद भएन तर तिनमा हेरेका त्यस्तै दृृष्यहरु एक पछि अर्को गर्दै मेरो दिमागमा घुम्न थाले ।  

ल हेरे के घसेको अनुहार भरी, कस्तो भएर आएको ?? ममी मलाई हेर्दै हाँस्नुभयो । 
के भएको छ र ?? ए मैले सम्झिए ए ज्योतिसले लगाईदिएको खरानि राम्रो सँग गएनछ जस्तो लाग्यो । 

केहि होईन साथी हरुसँग गएको हो के पशुपती त्यहि साथीले जिस्केर लगाईदिएको हो के मामु । 
ल कस्तो धेरै लगाईदिएको त जिस्केर त थोरै पो लगाउनु , होली खेलेको जसरी नै लगाईदिएछ । ल ल खाना चिसो भैसक्यो फ्रेस भएर खाना खान आउ म खाना पस्किदै गर्छु । 

हुन्छ मामु । 

मामु खानाको लागी कुरिरहनु भएको थियो । तर खाना खान पटक्कै मन थिएन, थोरै खाएँ । 

के भयो । किन खाना नखाएको ?? केहि दिन भयो तिमी खाना राम्रो सँग खाएकै छैनौ ?? 

केहि भएको छैन दिउसो खाजा धेरै खाएको थिए के मामु त्यसैले । मैले ढाँटे । म थाकेको छु मामु सुत्छु ल !! म आफ्नो कोठामा गए । दिनभर भएका कुराहरु, ज्योतिषले उन्को आत्मलाई हटाएका कुराहरु आदि सबै एक पछि अर्को गर्दै याद आईरहेका थिए र पनि कति बेला निदाएछु थाही भएन । 

साएद ज्योतिषले मलाई धेरै हानेको ले पनि होला बिहान चार बजे तिर मेरो निन्द्रा खुल्यो । तर  जिउ दुखिरहेको थियो । त्यसपछी मलाई पछील्ल दिनमा भैरहेका घटना । उनि को होला आदि कुराहरुले नै मलाई सताईरह्यो । मोवाईल हातमा लिईरहेको थिए । हेरे पाँच बजिसकेछ । सोचाईमै हराएको पनि एक घण्टा भैसकेछ । उफ्, त्यो ज्योतिषले उन्को आत्मालाई हटाएनछ कि के हो । कस्तो याद आईरहेको । ...... तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाईल स्विच अफ गरिएको छ । को आवाजले म झस्कीए । चलाउदा चलाउदै उन्का म्यासेजहरु हेर्दा हेर्दै म उनिलाई कल गरेको रहेछु । मैले फोन काटीदिए । 

बाबु तिमी कलेज जाने होईन ?? ढोका बाहिरबाट मामुको आवाज आयो । 
नाई मामु आज, खासै क्लास छैन  । आज नजाने । 
आजकल कलेजमा कति क्लास नहुने हो हँ ?? जहिले त्यहि भन्छौ । 
मैले केहि जवाफ दिईन । 

सदैको भन्दा आज अफिस पन्ध्र मिनेट पहिले पुगे । सलिना दिदीलाई पनि छिटो आउनको लागी भनेको थिए । उहाँ पनि म भन्दा पहिले नै आईपुग्नु भएको रहेछ । मैले हिजो पशुपतिमा भएको सबै कुराहरु सलिना दिदीलाई भने । सबै कुरा सुनेपछी दिदी धेरै हाँस्नुभयो । 

लौ किन हाँस्नु भएको ?? 
तिमी पनि बुदधु छौ के अदित भाई, त्यो ज्योतिष राम्रो ज्योतिष पनि होईन ।  राम्रो ज्योतिष पशुपतिको बाटोमा बसेर हेराउछ त ?? त्यो ज्योतिषले तिमीलाई ठग्यो । 

मलाई आत्मले नै पिछा गरेको छ रे त अनि । 

तिमीले पहिले नै त्यहि भनेपछी उस्लाई तिमी सँग पैसा खान सजिलो उपाए भै हाल्यो नि । हेराउने नै भए मैले लोकेसन सोधेर आएकी छु, गंगालाल हस्पिटलको अपोजिट साइडबाट थोरै भित्र । दिपीका कोल्ड स्टोर भएको घरमा राम्रो हेराउने ज्योतिष छन् रे । जाने हो भने बेलुका जाँउ म पनि हेराउछु । 

हुन्छ नि त बेलुका जाँने ल दिदी !! 

मलाई उन्को यादले सताईनै रहेको थियो । कता कता थोरै संका, थोरै डर, थोरै उनि मलाई माया गर्ने मेरी मनकी रानी नै भएपनि हुने नि भन्ने आसा, आदि मेरो मनलाई कता कता तरङ्गीत पनि भैरहेको थियो । दिउसो लन्च टाईमा मा लन्च पछी अफिसको नम्बरबाट उनिलाई कल गरे, रिंङ्ग गयो । मलाई कता कता डर लाग्यो मैले सलिना दिदीको एक्स्टेन्सनमा फोन टान्सफर गरिदिए र सलिना दिदीलाई कुरा गर्न भने । 

हेल्लो !! 

यो कहाँ होला ?? 

म अदित भाईको दिदी हु । यो नम्बरबाट म्यासेज आईरहेको छ दिदी भन्दै थिए अदित भाईले त्यसैले को रहेछ भनेर । तपाई को शुभ नाम ??

नमस्ते !! 

उम् आराम छु । 

उम् घरमा पनि सबै जना आराम हुनुहुन्छ । अनि तिम्रो घरमा को को हुनुहुन्छ ?? सबै आराम हुनुहुन्छ ?? 

अदित भाई आफ्नो क्याबिनमा छन् । मलाई यो नम्बरबाट म्यासेज आईरहेको छ भनेका थिए, त्यसैले मैले नै कल गरेकी । 
रिसाएका छैनन् । अदित भाई जति बेलै तिम्रो यादमा हराउछन् आजकल । होईन के गरेउ हो तिमीले हाम्रो अदित भाईलाई । 

ल ल हुन्छ हुन्छ  । 

मैले दिदी बोलेको मात्र सुने तर फोनमा अर्को साईडको कुरा मैले सुनिन । 

ल बधाई छ है अदीत भाई !! 

किन के को बधाई हो ??

केटी राम्रो होला जस्तो लाग्छ मलाई । बोली पनि मिठो रछ । राम्रो घरको केटी हो । संस्कार पनि राम्रो रछ । 

दिदी नजिस्काई भन्नु न को रछ ??

मैले कहाँ जिस्काएकी छु त । मैले केे कुरा गरे तिमिले पनि सुन्यौ होला । तर बधाई छ है !! पार्टी कहिले दिने हो त ?? 
नाम के रछ त दिदी ?? 
नाम त भन्दै भनिनन् नि । मैले भन्दा धेरै उनैले धेरै कुरा सोधिन् । 
भोलि बेलुका तिमीलाई कल गर्छु भनेकी छन् । त्यस्तो आत्मा सात्मा  केहि होईन राम्रो केटी हो जस्तो लाग्छ । तिमीलाई धेरै माया गर्छ जस्तो छ अदित भाई । लञ्च टाईम सकिसकेको थियो त्यसैले हामी काममा लागेउ । 


त्यो दिन धैरैै दिन पछि मेरो मनमा रहेका धेरै प्रश्न हरुको उत्तर मलाई मिलेको थियो । मेरो मन अरु दिन भन्दा प्रफुल्लित पनि थियो । त्यसैले बेलुका खाना खाईसकेपछी म आज पढ्नुपर्छ सोची पढ्न बसेको थिए । त्यस्तै ३०/३५ मिनेट पछी मेरो मोबाईलमा रिंग बज्यो । म आज पुरै पढ्ने मुडमा थिए मैले वास्तै नगरी पढ्नमा नै लागीरहे................................................. 


क्रमश.....................................
                                                                                                       -- दिनेश लामिछाने 













Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment