म बाँच्न चाहान्न.....


हे बिहानी न आउ
मलाई बिउझाउन
देखाई नया किरणको आस
बिदा चाहन्छु
यो संसारै बाट
बाँस को डोली चढ़ी बनेर लास ।
स्वार्थि कै लागी यो समाज रहेछ
मानबता बेचेको हेर्न सकिन
सहेरै बसें
मुटु पारेर गाँठो
पिडाको कथा कसैलाई बकिन ।
हे संजीवनी
न आउ मलाई बचाउन
देखाई नया जीवनको आस
बिदा चाहन्छु यो संसारै बाट
बाँस को डोली चढ़ी बनेर लास ।
पापीहरुकै यो बस्ती रहेछ
जिवनभरि साथ दिन्छु भन्नेले यहाँ
साथ छोड्ने रहेछन्,
मिलेपछि अरु कसैको साथ
बाटो मोड्ने रहेछन्
बोलाउछु म उस्लाई हर बिहान
अब आफेले खोजिरहेछु
मेरो आफ्नै चिहान्,
अन्याय अत्याचार हेर्न सकिन ।
सहेरै बसें मुटु पारेर गाँठो
पिडाको कथा कसैलाई बकिन
हे आमा छोड़ीदेउ
मलाई बोलाउन
घट्दै छ मेरो
एक एक साँस
बिदा चाहन्छु यो संसारै बाट
बाँसको डोली चढ़ी बनेर लॉस।..

बिदा चाहन्छु.................लास।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment