रात मन पर्छ......

Image result for रात

हिजो'आज किन किन रात मन पर्छ ।
शिशिरमा झरेका तिनै पात मन पर्छ।।

जिउन जानें मतलबी,, यही दुनियाँमा,
आफ्ना भन्नेहरुको त, घात मन पर्छ।।

भेटें दुधले नुहाएका, फोहोरी मान्छे ,
लाउंछन् भने लाउन,, बात मन पर्छ।।

नशा भन्छन् जिन्दगी, पिउन जान्नेहरु ,
आज भोली एकान्तमा, मात मन पर्छ।।

गौंडा कुर्छन् बेइमानी ढापमार्ने निहुंमा,
जंघार'मा भेटिएका,,, हात मन पर्छ।।

हिजो'आज किन किन रात मन पर्छ ।
शिशिरमा झरेका तिनै पात मन पर्छ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment