उन्को यादमा......



काली तिम्रो याद साँची जिएको छु यहाँ ।
एकान्तमा बसी आँसु पिएको छु यहाँ ।।


कहिलेकाहीँ त मनै फाटी धुजा धुजा हुन्छ,
त्यही धुजा नि मिलाएर सिएको छु यहाँ ।।

मन मुटु छैन सँगै, तिमि पनि छैनौ सँगै,
त्यसैले त रात ढलेसँगै म खिएको छु यहाँ

भन्ने गर्थेउ जिन्दगीमा हरेस नखाऊ "बन्दर"
त्यही भनाइलाई उपदेश लिएको छु यहाँ ।

काली तिम्रो याद साँची जिएको छु यहाँ ।
एकान्तमा बसी आँसु पिएको छु यहाँ ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment