.............................................साँझ अफिसबाट निस्केपछि घरमा जान मन लागेन । कता काता मन मा अनौठो अनुभती भइरहेको थियो। साएद कसैको याद्ले सताइरहेको थियो । घर पुगे कम्प्युटर अन गरे । के हेरु ? म आफै दोधार मा थिए । फेसबुक खोले केही छैन ३५्४० जना च्याटमा छन् । को सँग बोलु ? अफ गरे र उन्को तस्बिर हेरे । हेरेरमात्र पुगेन मन झन् झन् बेकामे हुँदै थियोे । लाग्थ्यो मेरो मन म सँगै छैन । लाग्थ्यो कोठाको हावाले पनि मलाई पोलिरहेछ । केहि खाँउ ।मनै छैन । बाटोमा आए , काठमाडौ को भिड मा पनि म एक्लै हिनिरहे जस्तो लाग्यो। गएर बसे । जहाँ बाट म काठमाडौ उपत्यका देखिरहेको थिए । आकाश मा हेर्छु । इन्द्रधनुस कतै टाँगिएको छ । सिमसिम बर्षा भइरहेको होला आकाशको कुनै कुनातिर । बादल छिचोल्न नसक्ने किरणले आकाशको एउटा टालोलाई कालो बनाएको छ । पश्चिम् पट्टी छितिजमा भने सुन्तला रङ्ग बसेको छ । पानी बोकेका पातला बादलक झुन्ड हुनपर्छ यात्रारत । जात्रातिर लम्केकी कुनै महिला जस्तो आकृती आकाशमा कुँदिएको छ । आकाश ब्यस्त छ । त्यो आकृति अस्थिर हो । जसरी म यहाँ मुन्तिर बिचित्रको समय पार गरिरहेको छु । सायद उनको प्रतीक्षामा । म बस्छु केहिबेर , उठ्छु फेरि । उठिरहन्छु केहिबेर, बस्छु फेरि । उफ म मेरि उनी बिना कसरी पुर्ण बन्न सक्छु ??? ........................!!!!!
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment