लोडसेडिङ फेरि बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ

काठमाडौं, माघ १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ ।

प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरी दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । हाल सातामा ७० घन्टासम्म विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घन्टासम्म लोडसेडिङ हुनेछ ।

विद्युतको माग बढेको र मध्य–मस्र्याङदीजलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुनेछ । -

Source :- Image Khabar 
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment