मेरी उनिलाई जन्मदिनको यही मेरो शुभकामना !!!!

मेरी उनिलाई जन्मदिनको यही मेरो
शुभकामना !!!!





तिम्रो हरेक पाइलामा साथ तिम्रो उन्नतिले
दिओस ।

गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले
दिओस।।


काँडा आँफै पन्छिदिओस, आशु आँफै
सुकिदिओस ।

भाग्य सधैं सधैं भरी तिम्रो घरको पाहुना
बनिदिओस ।।


सुर्यका ति उषाहरुले तिम्रो बिहानि
सजाइदिओस ।

त्यो पवित्र आत्मा मा प्रितको दियो
बलिरहोस ।।


दु : खका अध्यारामा अखन्ण बत्तिहरुले साथ
दिओस ।

औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस
।।


त्यो ओठबाट मुस्कान कहिले नझरोस,

यही नै हुनेछ मेरी प्यारी मेरो चाहाना ।।


सधैं भरी हासी खुशी बितोस तिम्रो जिन्दगी,

मेरी उनिलाई जन्मदिनको यही मेरो
शुभकामना !!!!

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

1 comments: