म एक सिंगो मान्छेलाइ औधी प्रेम गर्छु ।

Image may contain: 1 person, smiling, sitting, suit and indoor

मलाइ वर्षौँ देखि राम्ररी चिन्ने मित्रहरु मध्ये एकले भन्यो
—तँ मुर्खछस्
—घमणी छस्...
मलाइ हो जस्तो लाग्यो ।

अर्कोले भन्यो
—तँ बिद्धान छस्
—तँ जान्ने छस्
—असल छस्
मलाइ यो पनि हो जस्तो लाग्यो ।

फेरी अर्कोले भन्यो,
—तँ अ-प्रेमी छस्
—अ-पारिवारिक छस्
—अ-सामाजिक छस्
मलाइ अज सोह्रै आना ठिक लाग्यो ।

अनि फेरी पनि अर्को आएर भन्यो
—तँ पागल होस्
—अ-राजक छस्
—तँलाइ जिन्दगी सुहाउँदैन ।
यो पनि मलाइ केहि हदसम्म ठिक लाग्यो ।


अन्तमा मेरी उनि आइन र भनिन्,
—हो तपाई साच्चै मुर्ख हुनुहुन्छ
—साँच्चै घमण्डी हुनुहुन्छ
—बिद्धान हुनुहुन्छ
—अ-पारिवारिक हुनुहुन्छ
—अ-प्रेमी हुनुहुन्छ
—असल हुनुहुन्छ
—र पागल पनि हुनुहुन्छ

त्यस कारण तपाई सिंंगो मान्छे हुनुहुन्छ,

र म एक सिंगो मान्छेलाइ औधी प्रेम गर्छु । 

हो तपाई त्यस कारण नै एक सिंगो मान्छे हुनुहुन्छ, 
र म त्यहि सिंगो मान्छेलाई औधी प्रेम गर्छु ।



@दिनेश
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment