.............................मेरि काली , मेरि परि , मेरि उनि ,उनि ...... . तिम्रो यादले सताइरहेछ । आफै कमजोर हुँदै गएको अनुभव भैरहेछ । म कति अभागी छु हगि ??? म जसलाई माया गर्छु । उनि मलाई गर्दिन । म उसलाई पल पल आफ्नो समीप चाहान्छु । उनी मलाई भेट्नै चाहादिन । एउटि आमाले बच्चा जन्माएर उस्को बच्चाले आमा भनी नबोलाइ दिदाको आभास भएको छ मलाइ । साच्चै भनु भने दिमागले त तिमीलाई नसम्जु भन्छ । तर के गरु यो मन तिमीलाई सुम्पिसकेको छु । के भनु । कसरी बुझाउ कि यो मन मा के भैरहेको छ । आज बतासलाई थप्पड हान्न मन लागिरहेछ । पानीमा थुकिदिनुजस्तो हुन्छ । गुलाबका पत्ताहरु एक–एक गर्दै च्यात्दै लात्ताले कुल्चिनुझैँ लागिरहन्छ । आफ्नै कपाल लुछ्नु भइरहेछ । चिच्याउँदै छातीमा आफ्नै मुड्कीले मुटु फुटुन्जेल हिर्काउन मन छ । अनि मिल्ने भए अझ त्योभन्दा अघि बढेर खसाइदिन्थेँ आकाश, जून र ताराहरु । खसाइदिन्थे सूर्य, पगालिदिन्थेँ जम्मै धरती । न रहन्थ्यो बाँस, न बज्थ्यो बाँसुरी । न रहन्थ्यो छाती, न रहन्थ्यो चोट । न रहन्थ्यो घाउ, न रहन्थ्यो दुखाइ । न रहन्थ्यो उनि बिनाको यो जीवन । कोहि छैन यहाँ मेरो फिलिङ्ग बुझ्ने ..................
0 comments:
Post a Comment