शेरे

अमेरिकाबाट 
गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै 
शेरे '
ओबामालाइ चिन्छस?..
हर्के 'चिन्दिन 
शेरे 'अमेरिका आए पो चिन्थिस, 
एन्जेलिना जोलीलाइ नि?..
हर्के 'अहँ चिन्दिन 
शेरे 'अंग्रेजी फिल्म हेरे पो चिन्थिस, 
रिहानालाइ नि?......
हर्के 'चिन्दिन 
शेरे 'अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु 
शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो 'बिर्खेलाई चिन्छस?....
शेरे अहँ चिन्दिन यार 
हर्के 'तेरै स्वास्नीको नाठो हो, कहिल्यै घर बसे पो चिन्थिस'
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment