दशैका दश दिन का शुभ साईतहरु

काठमाडौं, असोज-९  - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंकोसाइत सार्वजनिक गरेको छ । घटस्थापनाका लागि असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ ।
त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने पनि उहाँले बताउनुभयो ।
असोज १३ गते सोमबार पचली भैरवको यात्रा परेको छ । असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष गौतमले बताउनुभयो ।
असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ । त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताउनुभयो ।

टिकाको साइत १०:१५ बजे

असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ ।
दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो ।
नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई बडादशैं पनि भन्ने गरिन्छ ।



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment