अमेरीकाको डिभि मात्रै हैन ! क्यानडामा पनि खुल्यो

अमेरीकाको डिभि मात्रै है क्यानडामा पनि खुल्यो
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन । कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry  मार्फत स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले जानकारी दिएको छ ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry  प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छः
१ सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool मा इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२ तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रेजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool सो आवेदकको बिबरण प्रकाशित गरिनेछ । दक्ष जनशक्तिको मतलब उक्त व्यक्ति क्यानडामा गएर काम गर्न र त्यहाँको कम्पनीहरुको माग बमोजिमको शैक्षिक एवं सीप भएको हुनेपर्दछ ।
३ त्यसरी Express Entry Pool मा राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकताबमोजिम छनौट गरी क्यानडामा कामको अफर Job Offer प्रदान गर्नेछ । आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको जबव्यांक Job Bank मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank http://www.jobbank.gc.ca मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
४ यसरी कामको अफर Job Offer प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्नेहुन्छ ।
५० कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ । ६० क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
  • Federal Skilled Worker
  • Federal Skilled Trade
  • Canada Experience Class
  • Provincial Nominee Program
Express Entry  मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भएपश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ । त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry  मार्फत लिइने छ । क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ । क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment