अब अमेरिकामा तीन महिनामै नागरिकता !


काठमाडौं । सामान्य मानिसहरुकालागि अमेरिका सपना सरह हुने गरेको छ । अमेरिका पुग्नु त परको कुरा, आवेदन दिन समेत सामान्य मानिसलाई समस्या हुने गरेको छ । अझ अमेरिकाको डिभि चिट्ठा परेर गएकाहरुले पनि अमेरिकी नागरिकता लिनकालागि कम्तिमा पाँच वर्ष लाग्ने गरेको छ ।
तर, अमेरिकी रक्षा मन्त्रालयले नयाँ योजना ल्याएको छ । जस अनुसार अमेरिकाको भिसा भएका व्यक्तिहरुले पनि तीन महिनामा अमेरिकी ग्रिनकार्ड होइन, नागरिकता नै पाउने व्यवस्था गरेको छ ।
यसकालागि अमेरिकी रक्षा मन्त्रालयले ल्याएको मिल्ट्री एक्सेन्सन फाइटल टु नेशनल इन्ट्रस्ट(माभ्नी) अन्तरगत अमेरिकी ग्रिनकार्य वा भिसा पाएकाहरुले सैन्य सेवामा प्रवेश पाउछन् ।
यस्तो प्रवेश भएको तीन महिना भित्रै नागरिकता पाउने छन् । यसकालागि एसाइली, रिफ्युजी वा अस्थायी रुपमा कानुनी हैसियत पाएकाहरु योग्य हुनेछन् ।
अमेरिकासँग बिजनेस सन्धि गरेका देशबाट आएकाहरुले मात्र यो सुविधा पाउने छन् । अमेरिकामा कलाकारका रुपमा गएका देखि द्धन्द्ध पीडित सम्मले यस्तो सेवा पाउने जनाइएको छ ।

- Source: http://www.nepalsandesh.com
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment