उनी अनि उन्को बैँस ...........


उनी अनि उन्को बैँस ...........

उनि बैंशको उन्मादले
बेखबर मात्तिएकी बेला

हावाको झोंक्कापनि लाग्दो हो
कसैको मलिन स्पर्षजस्तै

अनि..........लाग्दो हो,
पात पतिंगरको सर्सराहटपनि
आफुले कल्पिएको सुन्दर
बैशालुको पद्चाप झैं

हो........यसो हुनु उन्को गल्ति होईन
यस्तो सोंच्नु उन्को कम्जोरी होईन

उनी.......जो,
यस्तै अवस्थामा
गुज्रिई रहेकीछिन्,
जस्को गालामा क्षितिजको
रक्तिम लालीमा चढिरहेको छ

अनि......जस्को अधरमा
लालुपातेको रंग लत्पतिएको छ

यो बेला उन्का आँखाभरी
मदमस्त सपनाहरु लुकामारी
खेलिरहेका छन्,
अनि........लालुपाते अधरमा
बिहानीको शीतले हैकम
जमाएको छ

मुटुका हरेक ढुकढुकीहरुले
मायाकै बोली छर्दै ढुक्ढुकिई रहेको छ|

हो......यो बेला यस्तै भोग्नु पर्छ

हर बैंशालु मनहरुले
यसरी नै त ........,उन्ले
बैंशको मातमा लट्ठीनु परेको छ

अनि........हर स्वासमा
मायाको अत्तर छर्न
बिवस हुनुपरेको छ

साँच्चै....... यो बेला
उन्ले जोगिनु परेकोछ

ती मदमस्त लोभी आँखाहरुबाट
अनि ........बँच्नु परेको छ
मायालु हेराईका छड्के नजरहरुबाट.............

सत्य ...........हो सत्य ,
यो उमेरमा लाजको घुम्टोलाई
च्याप्नु परको छ उन्ले|

हो...उनी बैंशले बेखबर
मात्तिएकी बेला
लाग्दो हो,
हरेक युवा मन
उन्कै शिकारको अभीप्शामा
ठिङ्ग उभिएका छन्
अजङ्गको लाठे बुख्याँचा झैं ....................।।।।।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment