मसित मेरो रात छैन...
एउटा रात मसित छ,
घरी-घरी पग्लिन्छ हेर्दछु,
रात बादलको उँचाईमा पुगेर सग्लिन्छ
तर अँध्यारो छरिएकै छ चारैतिर
एउटा मेरो रात छ
एउटा मेरो रात छ
त्यो पनि चुलिन्छ,
अग्लिञ्छ तर,
तर
मेरो रात मेरो साथ हूँदैन रात,
आकाश बनिसक्यो मसित त केवल रातको उपहार छ
अन्धकार छ
मेरो रात मसित भएको भए
मेरो रात मसित भएको भए
त्यसको एकान्तमा म कविता रच्न सक्थें
भोलिको, सूर्योदय पर्खिन सक्थें
जति भत्किए पनि,
आगतको आशामा समेटिन सक्थें
आफुभरी,
आफुभरी,
आफ्नो जीवनभरी रातका साथै मानिसको,
दुख सम्झिन सक्थें
मन बुझ्न सक्थें
रातलाई,
अंगालोमा लिएर,
भोलि बिउंझिनलाई,
सुम्सुम्याउन सक्थें
आज सम्म रातलाई,
आज सम्म रातलाई,
कुरूपताको बिम्ब भन्नेहरुलाई,
उसको सौन्दर्य, देखाउन सक्थें
आजको रात भोलिको सूर्योदय हो भनि,
चिनाउन सक्थें
यसरी मेरो रात
यसरी मेरो रात
सृजनाको प्रतिक बन्न सक्थ्यो
एकान्तको प्रतिक बन्न सक्थ्यो
तर अपसोस,
तर अपसोस,
मेरो रात मसित छैन,
धेरै उँचाईमा छ
बादल र आकाशको,
गहिराईमा छ
त्यसैले मेरो रात,
त्यसैले मेरो रात,
छाना पनि बन्न सकेन,
संङ्ग्लिएर, त्यसले आफ्नोपन हरायो
रात,
रात पनि बन्न सकेन
दिन पर्खिनु पर्ने
म रात पर्खि बसेको छु
शितलता खोज्नु पर्ने
म मध्यान्य चर्किरहेछु
भित्र भित्रै अस्तित्व भरी
अनन्त थर्किरहेछु
अब यहाँ न कविता छ
अब यहाँ न कविता छ
न रात छ
न एकान्त छ
न साथ छ
विजेता बन्न चाहेको
हार छ
रातले छाडेर गएको,
अन्धकार छ
छ केवल अन्धकार छ
र यो अन्धकारमा
म एक्लो छु
केबल एक्लो
र हराउदै छु
आफै देखि र मलाई खोज्ने
कोही छैनन् !!
कोहि छैनन्
कोहि छैनन्
म नितान्त एक्लो छु ।।
0 comments:
Post a Comment