जीवनको बाँसुरीमा मायाको धून बज्छ,
मुटुको ढुकढुकीमा
क्रमबद्ध : साँझ- बिहान,
खुशीले चराहरू गाउँछन्,
खोला सुसेल्दै अर्को धून निकाल्छ ।
मेरो मनको आकाशमा,
गड्याड्ग गुडुड्ग तबला बज्छ,
मन मै आँसु बनेर आउँछौ तिमी ।
हो यि अाँखामा,
आँखाको डिलबाट तप तप झरेर,
मायाको सँगीत भर्दै आउँछौ तिमी ।
यादका कोमल हातहरुले,
यादका कोमल हातहरुले,
मेरो तन मन सुम्सुम्याउछौ तिमी ।
यति खेर म तिम्रो
रातो गुलाब लिन सक्दिन,
मेरो अन्तस्करण चेतना
मेरै उनिको मायाले,
एउटा मिठो धूनमा बजिरहेको छ ।
सपनाको पारी डाँडा सम्म,
प्रतिध्वनी गुन्जीरहेछ ।
जून हाँसेको छ ।
बादल नाचिरहेछ त,
कोइलीले गुन्गुनाईरहेछ ।
यस्तो लाग्छ,
संसार सितका तप तप थोपा झै,
हर थोपामा भिझिरहेछ ।
हर थोपामा भिझिरहेछ ।
मायाको रङ्ग भर्दै,
मायालु अत्तर छरिरहेछ ।
म कसरी गुलाब लिउँ ?
मनलाई छक्काएर ?
यी अनमोल खुशीका प्राप्तिहरू,
के एउटा गुलाबमा हुन्छ र ?
तिम्रै बिश्वासमा लिए भने पनि,
मुर्झाएर झरेको दिन त,
म पनि त मर्छु ।
हो म पनि त पक्कै मर्छु ।
क्षमा गर,
म उनिको यादमा आउने,
त्यो खुसि सार्न चाहान्न ।
उन्का ति मिठा यादहरु,
म कहिले बार्न चाहान्न ।
अजम्वरी मायाको आभाषलाई,
गुलाबमा मुर्झाएको हेर्न चाहान्न ।
0 comments:
Post a Comment