कमलो खुट्टा मर्किन्थे बाबा चिप्लेर लढेर ।
उमेर सोह्र पुग्दैमा थिएँ भाबिको लेखाले ।
सारा त्यो गाँऊ सिकिस्त भयो ज्वरो र हैँजाले ।
ससुरा बिते पहिलो पाली दोस्रोमा सासुमा ।
रूवाई छायो जहान सारा डुब्दैथे आँशुमा ।
जसो र तसो बाँचियो धन्न बन्देबी पुजाले ।
कयन घर त्यागेरै हिडे जहान् को सुर्ताले ।
ऐँचो र पैँचो चल्दैमा थियो छर् छिमेक् मागेर ।
आँटो र पिठै नहुन थाल्यो भोकमरि लागेर ।
पर्देश हिडेँ मेरा ति पति कमाउछु धन् भनी ।
सम्झिन्छु जब अतितका कुरा कलेजी खान्छ नि ।
कहाँ ति पुगे के गर्दै होलान् केहि नि थाछैन ।
बिस् बर्ष भयो चिठ्ठि न पत्र खबरै पाछैन ।
हरेक रेखा पुर्णनै थियो यो मेरो हातमा ।
जवानी उसै बितेर गयो क्वै थेन साथमा ।
खप्परै उस्तो बाबालाई दोष म दिन जान्दिन ।
अब कसैको बालबिबाह हुन म मान्दिन ।
पढिन बाबा जिन्दगी बित्यो अँधेरी रात झैँ ।
कसैको अब नहोस् है जीवन झरेको पात झैँ ।
0 comments:
Post a Comment