प्रेम प्रस्ताव...........



हेरौं प्रेमको प्रस्ताव स्वीकार हुन्छ हुन्न !!

दिँदैछु रातो गुलाब स्वीकार हुन्छ हुन्न ???


उनकै अभावको मुटु उपहारमा दिए !!

उनीबाट यो अभाव स्वीकार हुन्छ हुन्न ????


जीवन विताउने हो सोचेर जवाफ दिनु !!

मान्छे छु हल्का खराब स्वीकार हुन्छ हुन्न ????


जवाफ के आउला भनि ढुकढुक भ'को छु !!

अन्दाज गर जनाब स्वीकार हुन्छ हुन्न ????
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment