..............................................मानिस प्रेम मा किन डराउछ ? यस्तो विधि कि म भोगीरहेछु । उनिलाइ भेट्न पाइरहेको छैन । किनभने हाम्रो सम्बन्धको बाधाक धेरै छन् । म अझै ढुक्क छैन । तर मलाई उनी सँग कुनै गुनासो छैन र ऊनी माथी कुनै संका पनि। म उनी सँग ढुक्क हुन सक्छु । ढुक्क त्यो सँग छैन । त्यो परिवार , त्यो समाज , त्यो परम्परा , त्यो बिश्वास अनि त्येस्तै त्येस्तै ................... एदि उनिसँग म अलग हुँनुपर्यो भने । म चिप्लिनेछु, उक्लिन नसक्ने गरि । किनभने यो मेरो पहिलो गम्भीर प्रेम हो र म चाहन्न म असफल बनुँ । म जीवन प्रतिको दृष्टिकोण फेर्न सक्नेछु । आफ्ना कमजोरिहरुप्रती म सधैँ ग्लानिले सडिरहनेछु । मेरो आत्मसम्मानमा ठेस पुग्नेछ र आत्मसम्मान बिहिन जिन्दगी एउटा मुढो हो भन्ने म ठान्छु । तर समस्या उस्तै छ ।
उनी कोहि भन्दा कम छैन । उ सुन्दर छे, चलाख छे, बुद्धिमान पनि छे र किन किन मलाई उ संसारकै सुन्दर लाग्छे । कहिलेकाही त्यो जून हेरि उनको तस्बिर हेर्छु । त्यो जून फिक्का फिक्का लाग्छ । शरीरले मात्र होईन, सोचाइले पनि । शरीरले मात्र सुन्दर भएकि भए उ एउटा सेपिलो पहरा बन्थी तर सोचाइले पनि सुन्दर भएकिले उनी एउटा पारिलो पाहाड हुन् । ऊनी सँगको प्रेम को अंकुरणले मलाई गजबको सुख दिएको छ । एउटा बेग्लै अनुभुती, एउटा बेग्लै आनन्द, जुन अनुभुती अनि आनन्द लाई म केही सँग तुलना गर्नै सक्दिन ।
-धेरै धेरै माया मेरि उनिलाई
0 comments:
Post a Comment