के मैले उचित निर्णय गरेँ ????

......................................................उन्कै यादमा हराईरहदा कहिलेकाही म आफैले आफैलाइ सोधपुछ गर्छु - कतै म उन्को याद भुलाउन अरु सँग नजीक भएको त छैन? कोइसँग अस्वाभाबिक रुपमा नजिकियको त छैन??? जस्ले म र उनी बिच को सम्बन्ध मा त खलल पार्ने छैन ???? म उनिलाई आफुलाइ भन्दा बढी माया गर्छु, म उनी बिनाको मेरो जिन्दगी कल्पना सम्म पनि गर्न सक्दिन , त्यो प्रीयताको कसि कतै कमजोर त हुदै छैन ???? उनी प्रतिको मेरो मेरो अघाध माया अनि आकर्षण को स्तरमा कतै आघात त परेछैन???? उनिलाइ हेर्न ब्याकुल यी मेरा आँखा र आत्माले छामेको उन्को लागी मैले मेरो मन मा लेखिएको किताब कुनै व्यक्तिगत समर्पणले खलबलिने त छैन ??? यस्ता प्रस्नहरु मौरी बनेर मेरो सानो मस्तिष्कमा भुन्भुनाउन थालेपछी मैले दृढताका साथ निधो गरेँ म अब उनी बाहेक अरुको हुने छैन । के मैले उचित निर्णय गरेँ ????
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment