कसलाई खोजीरहेको छ मेरो मनले ???

......................................................साँझ अफिसबाट निस्किय पछि घरमा आए । कोठामा बस्न मन लागेन । मनमा अनेक तरङ्ग उठ्न लागे । अनेक तरङ्ग बिलाउन लागे । बाग्मतीको छाल जस्तै । घर सम्झे , सेतीको छाल जस्तै । यो मनमा धेरै भयो यस्ता लहरहरु छचल्किएको । तिनीहरु निश्चित आकार लिन नपाई बिलाउँछन बर्खाको बादल जस्तै । अनि फेरि उठ्छ मनको बगर ढाकेर बाग्मती अनि सेतीको लहर जस्तै ।
धेरै भयो मनमा लहर चल्न थालेको । आखिर कस्को लागी ???? के चाहिरहेको छ मेरो मन ले ??? कसलाई खोजीरहेको छ मेरो मनले ??? म आफै निरुत्तर छु !!!!!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment