एक सुन्दर कथा......
-एक दिन एउटी महिला ले आफ्नो घर अगाडी
तिन जना बाबा लाई देखिन। ति बाबा हरु
त्यो गाउंमा नया थिए। तर पनि ति महिलाले
उनिहरुलाई भोजन को लागि आग्रह गरीन-
कृपया भित्र आउनुहोस भोजन गरेर जानुहोस।
3 बाबा मध्ये बाट एक बाबा बोल्नु भयो -
मेरो नाम
धन हो। अनि अरु दुईजनालाई देखाउदै उ
सफल्ता अनि उ चाहीं प्रेम हो। हामी तिनै
जना एउटा घरमा पस्न सक्दैनौ। त्यसैले
हामी मध्ये एक जना मात्र भित्र पस्न मिल्छ।
तपाई भित्र गएर परिवार संग सल्लाहा गर्नुस,
कि हामी मध्ये को भित्र आउने।
तु महिला भित्र गईन अनि आफ्नो पति र
छोरीलाई सबै कुरा सुनाईन।
पति- धन लाई बोलाउ । सारा सम्पती मिल्छ,
खुसीयाली आउछ।
पत्नी- हैन, बरू सफल्ता लाई बोलाउ । जिवन भर
सफल्ता मिल्छ कहिल्यै हार खानु पर्दैन । अनि त
जिवन भर सुखै सुख भै गो नी।
छोरी- हैन हैन, हामीले प्रेम लाई बोलाउनु
पर्छ।
प्रेमले सारा संसारको खुसी दिन्छ।
अन्तत: छोरी कुरा मानेर ति महिला ले प्रेम
लाई
बोलाउन छोरी पठाईन।
छोरी बाहीर गएर - तपाईहरु मध्ये प्रेम
को हुनुहुन्छ। कृपया भित्र आउनुहोस्।
यो कुरा सुनेर प्रेम अघि लाग्यो. धन र
सफल्ता पनि पछि पछि लागेको देखेर छोरीले
अचम्म मान्दै सोधिन- फेरी तपाईहरु पनि....
धन बोल्यो- यदी तपाईंले धन र सफल्ता मध्ये
एक जनालाई बोलाउनु भएको भए एक जना मात्र
जाने थियौ, तर जहां प्रेम हुन्छ त्यहां सफल्ता र
धन पनि अवश्य हुन्छ।
(प्रेम नै सबै भन्दा ठूलो सक्ती हो, जहां प्रेम
छ
त्यहां केही कुराको कमी हुंदैन।)
0 comments:
Post a Comment