अरे आदि हुरी चलेको धेरै दिन भएछ ।
तिमीले मलाई छलेको धेरै दिन भएछ ॥
निलो गंगनचुलि चुनेर फटाई त्यो मन
अग्निले चिता जलेको धैरै दिन भएछ ॥
उनकै यादमा हराएर टोलाउने आखा,
पर्खाईमै गलेको धेरै दिन भएछ ॥
रहिछ विपनामै टुट्यो, यो मेरो जिन्दगानि,
पिपल बर ढलेको धेरै दिन भएछ ॥
खै के जादु गरेछौ, सबैलाई मैले भुलेर ,
जातोमा त्यो मकै दलेको धेरै दिन भएछ॥
गजल
यमाकान्ती भट्टराई
0 comments:
Post a Comment