गजल :- copied :p

छैनन गुणि व्यक्ति उपकारी समाजमा ।
बडिराछ उल्टै महामारी समाजमा ॥

धर्म कर्म चट्टकै बिर्सिएर तिमीले,
कति गरिराछौ भष्टचारी समाजमा ॥

तिम्रो साथ कोही हुन्ऩ दुःख पर्दाखेरी,
हाँस्ने धेरै छन् खुनखारी समाजमा 

लुट्ने अनि लुटाउनेको धन्दा चलेर,
फटाहाले गरे चमत्कारी समाजमा ॥

अरे यस्तै हुदाहुदै यो कान्तीले धर्म
काहा हिड्छे परिस्थितिसँग हारी समाजमा॥

गजल
यमाकान्ती भट्टराई
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment