...................................................साँझ ढलिसकेको छ । हो दिन भर्को थकान मेटाउने साँझ ढलिसकेको छ । बाहिर सिमसिम पानि परिरहेछ सायद । होइन परेको नै रहेछ । झ्याल खोलेर हेर्छु, मन मा एक बेग्लै अनुभुति भैरहेको छ्। मन ले कसैलाइ खोजिरहे जस्तो लाग्छ्। आफुले आफैलाइ प्रश्न गरिरहेको छु । बुज्न सक्दिन आफुले आफैलाइ । या बुझ्न खोजिरहेको छैन यो मन ले आफ्नै कुरा म यकिन का साथ भन्न सक्दिन । आँखामा निद पटक्कै छैन । बति निभायर सुत्न खोजे, बिस्तारै मैले आफ्नो अनुहार मा हात लगाए मेरो आफ्नै शरीर मा छोए सपना हो कि भन्ने सोचेर तर यो बिपना नै रहेछ। ॥॥ को हुन उनी म सँग केही नबोले पनि मलाई उनको बारेमा थाहाँ नभए पनि किन मलाई उनको बारेमा याद आईरहन्छ? ॥। दिन प्रतिदिन म उनिलाई, आफुलाइ भन्दा पनि बढी माया गर्न थालेछु । किन ?? मुटु छिटो छिटो चलेको भान भइरहेछ । श्वासप्रश्वासमा निश्वासहरु बढी भएझै लागी रहेछ । उठ्छु अनि उन्को कल्पनामा हराउन थल्छु । मन मा कता कता रोमान्चकता छाए जस्तो लाग्छ । यो रोमान्चकता मिठो पनि छ र मनमा बिझ्दो पनि छ । मिठो यस अर्थमा छ की यसले मलाई पहिलोपल्ट न्यानो सपना आंखामा सांच्ने अवसर दिएको छ र बिझ्दो यस अर्थमा छ की मेरो सपना कुनै तासको महल झै क्षण भरमै भत्कन पनि सक्नेछन वा कुनै वालुवाको घर झैं एउटा सानो भेलमै बिलाउन पनि सक्नेछन । तर………॥मान्छेको मन चाहेरै पनि मान्छेको नियन्त्रणमा नरहने हुँदा आज आँखाले फेरी एउटा न्यानो सपना संगालेको छ र मेरो हृदयबाट प्रस्फुटित मायाका प्रत्यक उद्ववेगहरु, उन्को चाहनामा समर्पित मेरो प्रत्यक भावनाहरु, अनयास उनि तिर बढ्ने मेरो निर्दोष पाइलाहरु, उन्कै प्रतिक्षामा घन्टौ टोलाई रहने यि मेरा निश्चल नजरहरु र उन्को सामिप्यको चाहनामा धड्किने मेरो प्रत्यक धड्कनहरुले गर्दा आज मेरो कलम फेरी उही पुरानै विषयलाई लिएर सलबलाएको छ ..............
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment