मायाको सट्टा माया नै छाहिन्छ ।



म थाकिसके………..।

सत्य हो म निकै थाकिसके ।

यति धेरै आफन्तहरु भएर पनि म एक्लो नै छु ।

सहारा बिहिन नै छु ।

भौतिक सुखका सामाग्रीहरु किन्न सकिएपनि,

माया र मन किन्न नसकिनु,

शायद मानवजातिको सबभन्दा दु:खदायी पक्ष हो ।

त्यसैले भौतिकरुपमा सम्पन्न भएर पनि म,

मायाविहीन नै बांचिरहेको छु ।

र बांच्नुको नाममा एउटा यन्त्र बांचिरहेको छु ।

म उन्को मायामा धेरै अगाडि बढी सकेको छु ।

र मेरो अन्तरआत्माले पछाडी फर्कने कुरामा,

कहिले पनि साथ दिएको छैन ।

र दिने पनि छैन ।

तर मलाई थाहा छ,

मानीसका सबै चाहनाहरु पुरा हुन सक्दैनन् ।

म उनिलाई मन पराउछु ।

र माया गर्छु ।

यस अर्थमा उनिलाई मैले प्राप्त गर्नु,

र उनिले मेरो माया र प्रेम भावनाको,

कदर गरी माया साट्नु मेरो सौभाग्य हो ।

यदि उनि मेरो अन्तरआत्मा बाट,

प्रस्फुटित मायाको उद्बवेगहरु लाई,

कोरा र बकवाश सम्झन्छिन् भने ,

मेरो भन्नु केहि छैन ।

किनकि प्रेम र घृणा हृदयबाट प्रस्फुटित हुने कुराहरु न हुन् ।

उनि मलाई मनपराउन पनि सक्छिन् ।

र घृणा गर्न पनि सक्छिन् ।,

यो उन्को नितान्त ब्यक्तिगत कुराहरु हो ।

तर

तर ……… उनिलाई थाहा छ ?

मानव जीवनमा कता कता स्वार्थ पनि लुकेको हुन्छ ।

यस अर्थमा उ आफुले मन पराएको ब्यक्तिबाट,

मायाको सट्टामा माया नै चाहन्छ ।

न कि घृणा र तिरस्कार .........................
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment