अब भिडियो कल समेत निशुल्क

मोबाइल म्यासेजिङ एप भाइबर प्रयोगकर्ताका लागि खुसीको खबर आएको छ । भाइबरका प्रयोगकर्ताले अब भिडियो कल समेत निशुल्क गर्न पाउने भएका छन् ।

एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरी सित्तैमा भिडियो कलिङ गर्न सक्नेछन् । यो सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ ।

आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ ।

यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ । विश्वभर ४० करोडभन्दा बढि प्रयोगकर्ता भएको एन्ड्रोइडतर्फ भाइबरको डिजाइन समेत परिवर्तन गरेको छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment