जिन्दगीमा सातप्रकारको माया

माया संसारको सबैभन्दा राम्रो भावना हो । माया जुनसुकै उमेरमा जोसँग पनि हुनसक्छ । यदि माया राम्रो मान्छेसँग हुन्छ भने जिन्दगी नै राम्रो हुन्छ र यदि फाइदा उठाउने मानिसहरुलाई माया गरिन्छ भने त्यस्तो मायाले जिन्दगी नै बिगार्न सक्छ । धेरैले बयान गरे अनुसार मायाको धेरै रुप हुने गर्दछ । यस्तैमा कसैले भनेका छन् जिन्दगीमा सात प्रकारको माया हुने गर्दछ जुन यसप्रकारका छन्ः
१. एकतर्फी मायाः 
                  एकतर्फी माया निकै खतरनाक र चुनौतीपूर्ण हुने गर्दछ । तपाईं आफ्नो तर्फबाट उक्त व्यक्तिलाई निकै माया गर्नुहुन्छ तर उक्त व्यक्तिलाई तपाईंप्रति कुनै मतलव हुँदैन । तपाईं उनको लागि ज्यान फाल्न तयार हुनुहुन्छ भने ती व्यक्ति तपाईंसँग एकपटक कुरा गर्नका लागि पनि तयार हुँदैनन् । यस्तो अवस्थामा तपाईंको माया निकै डरलाग्दो हुने गर्दछ र यसका लागि तपाईं जे गर्न पनि तयार हुनुहुनेछ । यस्तो प्रकारको मायामा ती व्यक्तिलाई बिर्सदाँ नै ठिक हुन्छ र तपाईंले आफ्नो जिन्दगी उक्त व्यक्ति बिना नै अघि बढाउन आँट गर्नुपर्छ ।

२. प्लेटोनिक लभः 
                 यस्तो प्रकारको मायामा सेक्स वा रोमान्टिक भावना आउँदैन र तपाईंलाई उक्त व्यक्तिबाट केहि आशा पनि हुँदैन । यस्तो प्रकारको माया दुई साथीहरुबिच देखिन्छ । तपाईं तन, मन र धनले एक–अर्काको सहयोग गर्नुहुन्छ र सधैँ एक–अर्कालाई साथ दिनुहुनेछ ।

३. आफैँसँग मायाः 

                   तपाईं आफैँलाई निकै धेरै माया गर्नुहुनेछ । तपाईं चाहनुहुन्छ कि तपाईंलाई कुनै समस्या नहोस् । तपाईं सधैँ हाँसी–खुसी रहन चाहनुहुन्छ । यस्तो अवस्थामा तपाईं त्यस्ता कामहरु मात्र गर्नुहुन्छ जुन तपाईंको फाइदाको लागि होस् । यसका लागि तपाईंले आफूले आफैलाई राम्रोसँग चिन्नुपर्ने हुन्छ । आफ्नो राम्रो गुण र अवगुणको बारेमा राम्रो तरिकाले थाहा पाएर आफैँलाई परफेक्ट बनाउने कोसिस गर्नुहोस् ।

४. वासनायुक्त मायाः 
                       जिन्दगीको कुनै पलमा थुप्रै मानिसहरुलाई वासनायुक्त माया हुने गर्दछ जहाँ मानिसहरु शरिरको भोक मेटाउने गर्दछन् । यदि तपाईंलाई कुनै व्यक्तिसँग शारिरिक सम्बन्ध बनाउन मनलाग्ने अथवा कसैलाई किस गर्न मनलाग्ने हुन्छ भने त्यतिबेला थाहा पाउनुस् यो साँचो माया नभई वासनायुक्त माया हो । यस्तो प्रकारको मायामा तपाईं केहि समयपछि एक–अर्काप्रति बोर हुनुहुनेछ ।
५. साँचो मायाः

                    फिल्ममा देखाइने माया सधैँ फिल्मी जस्तै लाग्छ तर यदि तपाईंलाई कसैप्रति राम्रो भावना जागृत हुन्छ भने उक्त व्यक्तिलाई तपाईं माया गर्न थाल्नुहुन्छ । दुई व्यक्तिहरु बिना कुनै स्वार्थ एक अर्कासँग हुनुहुन्छ भने त्यसलाई भनिन्छ साँचो माया । भनिन्छ कि, जिन्दगीमा साँचो माया एकपटक मात्र हुनेगर्दछ ।

६. पप्पी मायाः
                   
  हरेक व्यक्तिहरुको आफ्नो बाल्यकालमा एकपटक त माया बसेकै हुन्छ । चाहे त्यो आफ्नो गुरुसँग होस् या आफ्नो छिमेकीमा बस्ने दिदिसँग । यस्तो प्रकारको मायालाई पप्पी माया भनिन्छ ।

७. पाउन नसकिने मायाः

                      के तपाईंलाई कहिले सलमान खानसँग माया बसेको छ । सबै मानिसहरुलाई जिन्दगीको कुनै समयमा यस्ता व्यक्तिसँग माया बसेको हुन्छ जसलाई कहिले भेट्न निकै गाह्रो हुन्छ जस्तै सेलिब्रिटी । थुप्रै कथा र फिक्सन यस्तो प्रकारको मायामा आधारित हुने गर्दछ । यो माया धेरैजसो एकतर्फी नै हुने गर्दछ । बढ्दो उमेरसँगै मायाको यो भावनाबाट पनि पार पाइँदै जान्छ र एक स्टेजमा मायाको अर्थ नै परिवर्तन हुने गर्दछ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment