गरीबी
-दशैको चहलपहल चारैतिर बडेको छ। तर नहुनेको घरमा बिहानबेलुकी छाकटारनपनि मुश्किल छ । एतीकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो!भर्खर बोली फूटेको दुधे बालक कायाको छोराको भोकको पिँडा आमाको काखमा लुटपुटिदै एकाएक पोखिन्छन। अनी काया आफ्नो छोराको टाउँको मुसार्दै भन्छे पख्न तेरा बुवा आउँदै होलान चामललिएर बाटोमा। काया आफ्नो भर्खर बोली फूटेको छोरालाई भन्छे। कायाको श्रीमान समिप चामल किनेरल्याउँछु भनेर पसलतिर लागेको २ घण्टा भयो अझै पत्तोअत्तो थिएन। भातकोलागि बसाएको तातोपानी आगो निभेर त्यहानै जीमलेर गयो।हरे शिव दु:खीको जिन्दगी ।
जन्मलिनु एउटा अभिसाप'नै रहेछ। लामालामा सुस्केरा काँडदै काया छोरालाई काखमा च्यापेर आफ्नो छाती चूसाएर भएपनी चूप बनाउँछे। बिचरा दुधे बालक भोकले आलसतालास भएको शरीर थाकेर निधाउँछ। अनी काया आफ्नो निदाएको छोरालाई काखबाट झारेर भूईमा एउटा थाङ्ना ओछाएर सुताउँछे। र श्रीमानको खोजिमा के सङ्घार काटेकी हुन्छे। नजिकै घरको छिमेकी आत्तिर कराउँदै उहितिर आउँदैथ्यो। भाउँजू-भाउँजू समिप दाईलाई सडक काटदैगर्दा एउटा बसले ठक्कर दिएछ।दाई'त बाटोमा लडिरहनुभएको छ। कायाको हात खुट्टा लगलग काम्दै दगुरेर जान्छे। त्यहा पुग्दा धेरै मान्छेले आफ्नो श्रीमानलाई घेरिरहेको पाउँछे। चिच्चाउँछे कराउँछे तर अब समिप यो संसारमा थिएन। कोसँग फिर्ता माग्नु कायाले यो संसार छोडेरगएको उस्को श्रीमान। अब कहिले नआउँनेगरी गयो। समिप कायालाई छोराको सबै सपना पूरा गर है भनेर। काया पनि सकिनसकी हुन्छ भन्ने बाँचागर्दै श्रीमानलाई बिदागर्छे। त्यस्पछी काया छोरालाई बोकेर मान्छेको घर-घर काम पाईन्छ हजूर भन्दै सोध्दै हिड्छे। जहाँ पुग्थी उस्को कल्कलाउँदो जवानी नै सबैको आँखी बन्थ्यो।र कामको साटो उस्ले सबैको मुखको तितो मुटु छेडने बँचन शिवाए केही पाउँदिनथी ।
कायालाई त्यो सबैको तितो शब्दले अझै बाँच्ने साहास दिलाउँथ्यो। काया पढेलेखेकी नभएपनी सानामा बुडापाकाले भनेको कुरा यदाकदा अझै उस्को मस्तिष्कमा ज्युदै थिएँ। हामीले जस्तै सुकै दु:खमापनि हरेश खानुहुँदैन भन्ने कुराको कायालाई हेक्काथ्यो। यसरी डुलेको धेरै दिनसम्मपनी कायाले काम नपाएपछी एउटा निधो गर्छे र खोलाको छेउँमा गएर एउटा बोराको पाल टाँगेर बस्ने बिचार गर्छे।जहाँ अरु उजस्तै दुखी धेरै थिएँ। ऊ पनि आज त्यहा थपिएर अरु सरह गीट्टी कुट्ने काम थालछे। आखिर जसरी भएपनी बाँच्नुथ्यो उस्ले-उस्को छोराकोलागी चुटिएको मनलाई सिलाएर। ऊ आमा भएको कारणले होला!उस्लाई-उस्को छोरो जवान भएको हेर्ने रहरथ्यो। चाहे कायाले जुन किसिमको सङ्कट्को सामाना किन गर्नु नपरोस!यसरी नै आज १८ बसन्त पारगरिछे कायाले खोलाको कीनाररुघेर आज उस्को छोराले आमाको दु:खको मिठो उपहार उस्को हातामा ल्याएर दिएको छ। गोमाको छोराले अब बिना शूक्ल पढ्ने शुभअब्सर प्राप्तगरेर पढ्ने मौका पाएको छ। कायाको लागि यो भन्दा खुशीको क्षण के हुनसक्छ। आज काया धेरै खुशी छे उस्ले जिवनभरी सहेका सारा दु:खको फल पाएकी छे। कायालाई आज यस्तो लागीरहेको छ, ऊ भन्दा जीवनमा खुशी र सुखी मान्छे कोही छैन यो संसारमा. हो पनि जस्ले महसुस गर्न सक्छ उहिनै खुशी र सुखी हुनसक्छ। धनले मान्छे कदापी खुशी हुनसक्दैन लोभिभने पक्कै हुनसक्छ। होला धनले केही ईच्छा र आकांक्षाहरु पूरा गर्छ। तर मनको पूर्णता कदाबी पूरा गर्नसक्दैन। काया यीनै सपनामा डुबिरहेकी हुन्छे। उस्को पछाडिबाट आवाज आउँछ। आमा? अनी झस्किदै भन्छे ए बाबु त आईस, अनी छोरा भन्छ आएँ आमा, अनी काया भोकले थाकेर आईसहोला? जाभित्र खाजा छ खा। अनी छोरा भन्छ यहाँ आउँनुस त आमा मैले तपाईंलाई के ल्याएको छु।
अनी काया उठेर जान्छे। अनी छोराले आमाको लागी ल्याएको उपहार झोलाबाट निकालेर देखाउँछ। र सोध्छ मन पर्यो आमा यो जुत्ता तपाईंलाई ! लगाएर हेर्नुस त ! ठीक हुन्छकी हुँदैन? अनी काया आँखाभरी आँसु भरेर रुन्छे। अनी छोरा आमाको आँसु पूछदै भन्छ। आमा किन रुनुभएको? अब म छुनी तपाईंको साहारा नरुनुस। अनी काया तेरो बुवाको याद आयो किनकी सधैं जनबन गरेरै प्रार्ण गयो। एउटा जुत्ताको तलुवा खिएर भूईमा खुट्टा घिर्सिदासम्म फेर्न पाएनन ,आज यो नयाँ जुत्ता देखेर याद आयो। आज यो बेला सम्म बचेँका भए कत्ती खुशी हुन्थे होला तेरा बुवा। अनी छोरा आमाको काखमा लुट्पुटिदै भन्छ। हेर्नुस आमा बितेका कुरा सम्झेर दुखी हुनुहुँदैन भूलिदिनुस तीसब कुरा है आमा?अनी काया भन्छे अतित कहिले पनि हामीले भूलेर-भूल्न सक्दैनौ छोरा त अब धेरै ठूलो भैसकिस म खुशी छु,म आँफूलाई संसारकी सबै भन्दा भाग्यमानी आमा सम्झन्छु। काया र उसको छोराका यीनै गन्थनसँगै छोराले भन्छ आमा म पढ्न शहर जाँदा कुनै घरमा कोठालिएर तपाईंलाई राखेर जान्छु अब तपाईं यहाँ बस्नु पर्दैन। अनी काया भन्छे बाबु त पढेर शहरबाट नफर्कुन्जेल म यहाँनै बस्छु! यीही दु:खबाट त हामीले जिवनको अर्थ बुझ्ने मौका पायौ। हामीलाई सबैले लताएको बेला यस्ले हामीलाई आफ्नो आँगनमा साहारा दिएकोथ्यो। आझ कसरी छोडेर जानु बाबु यती चाँडै यही खोलासँग हाम्रो गहिरो प्रिती छ. बाबु त जब आफ्नो पढाईसकेर आउँनेछस अनी जाउँला भन्दै आफ्नो छोरालाई सम्झाउँछे काया । अनी छोरा भन्छ, हुन्छ आमा हजुर जे भन्नु हुन्छ। अनी त्यस्पछी झस्किदै ए खाजा खान त भूसुक्कै भूलेछु आमा। अनी छोरा उठेर भित्रतिर लाग्छ। काया फेरी उही खोलाको छेउँमा ढुङ्गा बटुलेर हाताको औजारले ठोक्छे! त्यो ठोकाईसँगै एकतमासको मिठो धुनगुञ्जिंदैछ खोलानै सङ्गितमय बनेर.................................................................................................................................... !
0 comments:
Post a Comment