अब पेट्रोल हैन पानीबाटनै मोटरसाइकल गुड्ने !

अब पेट्रोल हैन पानीबाटनै मोटरसाइकल गुड्ने !

water_bikeभारतीय बिद्यार्थीले बनाएको पानीबाट मोटरसाइकल चलाउन मिल्ने प्रविधि युक्त भाँडो
काठमाडौ, अहिले बढ्दो पेट्रोलको अभावका कारण मोटरसाइकल चलाउनका लागी मानिसहरूले निकै समस्या भोगीरहेका छन, यस्तोमा तपाइँहरूको समस्या समाधान हुने भएको छ । छिमेकी मुलुक भारतका एक जना विद्यार्थीले मानिसहरूलाइ आश्चर्यमा पार्ने गरि एउटा यस्तो प्रविधिको विकास गरेका छन् । जस अन्तर्गत पानीबाटनै मोटरसाइकल चलाउन सकिन्छ ।
भारतीय मिडियाले जनाए अनुसार चन्डीगढको सेक्टर-२२ स्थित एक सरकारी मोडल स्कुलका कक्षा १० का विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका छन । नित्याशिष भण्डारी नामका यी बिद्यार्थीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको रेखदेखमा पानीबाटनै मोटरसाइकल चलाउन सकिने प्रविधिको आविश्कार गरेका छन । उनको यस प्रविधिलाइ यहाँको सरकारले आयोजना गरेको एउटा प्रदर्शनीमा समेत राखिसकेका छन । उनले बनाएको एउटा सानो भाँडोलार्इ आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् । जसमा दुर्इ लिटर भन्दा बढी पानी अटाउँदैन ।
यस प्रविधिमा उनले मोटरसाइकल पानीबाट कुदाउनका लागी अक्सी हाइड्रोजन सेल ३ वटा इन्जिनमा फिट गरेका छन् । जसले पानीलार्इ अक्सी हाइड्रोजन ग्यासमा परिवर्तन गरिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल स्टार्ट गर्नका लागी भने पेट्रोलको आवश्यकता पर्ने बताइएको छ । मोटरसाइकल स्टार्ट भएपछि उक्त ग्यासले तुरुन्तै काम गर्न थाल्दछ । त्यपछि उक्त इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहने गर्दछ ।
नित्याशिषले उक्त भाँडोलार्इ कारमा समेत प्रयोग गर्न सकिने बताएका छन, जसले साना साइजका कारहरू सजिलैसंग चलाउन सकिन्छ । यस भाँडमा पिउने पानिकै आवश्यकता भने पर्दैन । यसका लागी समुद्री पानी या डिस्टिल वाटर समेत प्रयोग गर्न सकिने बताइएको छ । मोटरसाइकल समुद्री पानीबाट २ सय ५० किलोमिटर सम्म गुड्न सक्छ । पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन चल्दा धुवाँ निक्लन्छ भने यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट भने पानी निस्कन्छ । यो प्रविधि सफल भएमा वातावरण प्रदुषित हुनबाट समेत जोगिने बताइन्छ । उनले यो भाँडो तयार पार्नका लागी १ हजार ९ सय भारतीय रुपैयाँ अर्थात ३ हजार नेपाली रूपैया लागेको छ । यस प्रविधि जडान गरिएको मोटरसाइकलको गति भने ५० किलोमिटर सम्ममात्र हुने बताइएको छ । उक्त भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन । तर उनले बनाएको यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अटाउन नसक्ने बताइन्छ । भाँडोमा २ लिटर पिउनेपानी हाल्दा मोटर साइकल ५ सय किलोमिटरसम्म गुडाउन सकिन्छ । तर २ लिटर समुद्री पानी हाल्दा मोटरसाइकल दुर्इ सय किलोमिटर सम्म गुडाउन सकिने कुरा भारतीय मिडियाहरूले जनाएका छन ।
फोटोः पन्जाव केसरीबाट लिइएको
Source :- http://medianp.com

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment