माघ ८ मा पानी आउने

                    माघ ८ मा पानी आउने


काठमाडौं, माघ ३–माघ ८ मा संविधान नआएपनि आकाशबाट पानी आउने सम्भावना चाहिँ बढेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार केही दिन बदली भएर ३ गतेदेखि सुधार भएको मौसममा ८ गतेपछि फेरि बदली हुनेछ ।
‘पश्चिमी वायु र भारतको राजस्थानमा उत्पन्न हुने न्युनचापीय क्षेत्रका कारण माघ ८ मा पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ’ मौसमविद शान्ति कँडेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार भोलिपल्ट ९ गते भने पश्चिमसँगै मध्य क्षेत्रमा पनि पानी पर्नेछ ।
माघे संक्रान्तिमा पनि पश्चिमी वायु र पंजावमा उत्पन्न न्युनचापी वायुको प्रभावले मौसम बदली भएको थियो । १ गते र २ गते काठमाडौं र आसपासको क्षेत्रमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेपनि जुम्लामा मात्र पानी पर्यो । तर देशैभर सामान्य बदली चाहिँ भएको थियो ।
३ गते शनिबार देशभरको मौसम सफा छ । तराई क्षेत्रमा भने बिहानपख हुस्सु लागेको छ ।
Source:- http://ujyaaloonline.com/  
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment