पुर्वाधारको तयारी नगरी सेमेष्टर लागु गरे आन्दोलन : विद्यार्थी संगठन


पुर्वाधारको तयारी नगरी सेमेष्टर लागु

 गरे आन्दोलन : विद्यार्थी संगठन








काठमाडौं, पुस २४–मुख्य तिन विद्यार्थि संगठनले भौतिक पुर्वाधारको तयारी नभएसम्म काठमाडौं उपत्यकामा सेमेष्टर प्रणाली लागु गरे आन्दोलन गर्ने चेतावनी दिएपछि त्रिवीले पछि हट्ने संकेत गरेको छ । सेमेष्टर प्रणाली बारे विद्यार्थि संठन र त्रिवी पदाधिकारी विच आज छलफल भएको थियो । आज दिउँसको करिब तिन घण्टा त्रिवीको सिनास हलमा भएको छलफलमा विद्यार्थि संगठनका प्रतिनीधीहरुले सेमेस्टर प्रणालीको चर्को विरोध गरेका थिए । छलफमा सहभागी अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझिले महंगो शुल्क र धनिमानीले मात्रै पढ्न पाउने सेमेष्टर कुनै हालतमा खारेज गर्नुपर्ने बताए । उनले भने ‘पहिले दशौं हजार जनताका छोराछोरीले पढ्न पाउने कलेजहरुमा सात आठ सय मात्रै पढाएर अरुलाई कता पठाउने ?’
त्रिवी स्रोतका अनुसार आजको छलफमा त्रिवीका उपकुलपति सहित रेक्टर र रजिष्टार सहभागी थिए भने विद्यार्थी संगठनका तर्फवाट क्रान्तिकारीका उपाध्यक्ष रायमाझी,नेविसंघका प्रवक्ता युपी लामीछाने र अखिलका उपाध्यक्ष दिपक गौतम लगायतका विद्यार्थिनेता सहभागी थिए ।
बैठक स्रोतका अनुसार अखिल उपाध्यक्ष दिपक गौतमले त्रिवीले विगतका सहमती कार्यान्वयनमा अटेर गर्दै आएको भन्दै तत्काल सेमेष्टर प्रणाली असंभव रहेको उल्लेख गरेका थिए । त्यस्तै नेविसंघका युपी लामीछानेले त्रिवीले विद्यार्थि संगठनसँग अनावश्यक निहुँ खोज्न थालेको भन्दै निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
विद्यार्थि संगठनको चेतावनिपछी त्रिवी पदाधिकारीहरुले भने शुक्रवार सम्ममा निर्णय लिने आश्वासन दिएका थिए । त्रिवी स्रोतका अनुसार उपकुलपति हिरावहादुर महर्जनले आफुहरु द्धव्न्दमा जाने मनस्थितीमा नभएको भन्दै विद्यार्थि संगठनहरुको भावनाअनुसार नै निर्णयलिने बताएका थिए । त्रिवीले हाम्रो मागअनुसार काम नगरे आगामी आईतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रान्तिकारीका उपाध्यक्ष जागृत रायम बताए ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment