गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ भन्थे............



गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ भन्थे............
-------------------------------------------------------------------------------



.........................................................................

आमालाई गाउँमा एक्लै राख्दाखेरी, बिरामी हुँदा औषधि दिने पनि कोहि हुने भएनन् भनेर काठमाडौँमा नै ल्याएर राखें/ आफ्नो बैंकको जागिर, श्रीमती अमृत science मा पढाउछिन्, दुई ओटा छोरीहरुलाई राम्रो संग समय दिन पनि पाइएको थिएन/ आमा भएपछी पहिलो केहि महिना त राम्रै भो/ आजभोली सासु-बुहारीको ग्रहदशा नमिलेको देख्दा घरै छोडेर कतै जाउँ जस्तो बनाएको छ मलाई/


मेरी आमालाई पनि के भाको? गाउँमा जस्तो बिहानै उठेर लिपपोत गर्नु पर्दैन, पानी लिन दुई किलो मिटर जानु पर्दैन, तरकारी चामलको कुनै समस्या छैन, खुरुक्क आफ्नै सुर गरेर जति सक्दो काम गरेर, चुप्प लागेर बस्नुनि ! खाली अरुले गरेको काममा खोट देखायो बस्यो!? बुहारीले गरेको केहि काम पनी चित्त नबुझ्ने के भाको होला? पहिले त त्यस्तो हुनुहुन्नथ्यो? त्यो झर्कने बानी कहिलेदेखि शुरु भयो मैले पत्ता लगाउन सकेको छैन/


गएको शनिबार, राती चार बजेनै ऊठेर चिया बनाउन लाग्नु भएछ/ ग्यास चुल्हो बालेर आगोमा दिउरी बसालेर बजारमा दुध किन निस्कनु भयेछ/ धन्न म पनी त्येही बेलामै बिउँझेछु नत्र के के पढकन्थ्यो पढकन्थ्यो !! हिजो हामी घरमा नभएको बेलामा एक जना मान्छेले भित्ते घडी बेच्न घरमै ल्याएछ/ त्यो मान्छेले के के भन्यो कुन्नि! तीन सयमा पाउने घडीलाई दुई हजार तिर्नु भएछ/ छिमेकीको कुकुर भुकेर आमाको जर्ती चलेछ, त्येही कुकुरतिर ढुंगा फ्याक्दा छिमेकीको घरको सिसा फोरियेछ, गत महिनादेखि बोलचालनै बन्द भाको छ/ अब म सबैलाई “मेरी आमा पागल हुनु भाको छ mind नगर्नुहोला" भन्दै हिड्नु?????


बरु थला परेर बसेको भएपनि स्याहार गर्न सजिलो हुन्थ्यो नि! बुढी मान्छे म भन्दा पनी बलियो हुनुहुन्छ/ अस्ति तरकारी किन्न कलंकी चोकमा गएर आउछु भनेको मान्छे ring road मा पुगेपछि दायाँ लाग्नु पर्नेमा बायाँ लाग्नु भएछ, office जानु पर्ने बेला सम्ममा खाना खान पाउनु त कता हो कता, आमालाई खोज्दा खोज्दै दस बज्याथ्यो/ कहिले आफुखुसि घर सरसफाई गरेर एक ठाउँमा राख्नु पर्ने चीज अर्कै ठाउँमा राखी दिनुहुन्छ अनि सामान खोज्दैको जात्रा/ उहाँ भने चालिस-पचास वर्ष अघिको सबै सम्झने, पहिले पहिलेका नानाथरी कुराहरु गरेर बस्ने! त्यही हिजो भरखर सम्झाएको कुरो चाँही बिर्सने, त्यस्तो पनि काहीं बाट हुन्छ त? अझै, त्यति मात्र नभएर "तैले भनेकै छैनस" भनेर झर्कने, निहुँ खोज्नुको पनि एक हद हुन्छ नि! कहिले कपडा उल्टो पाअल्टो लगाएर निस्किदिनुहुन्छ/ फेरी कहिले “म त यो सहर देखि आत्तिएँ, गुल्मीमै जान्छु” भनेर झोला बोकेर चोकसम्म निस्किदिनुहुन्छ/ मैले केहि बोल्नु हुदैन, एशो होइन आमा भन्यो भने, “तलाई नौ महिना कोखामा राखेर जन्माको ……… कत्रो मेहेनत गरेर हुर्काएको……तेत्रो गाउँबेशी गरेर....... हात खुट्टा खियाएं तँलाई पढाउन...…..अहिले स्वास्नी ल्याएपछि मलाई गन्दैनस्?......त्यसकै कुरो सुन्छ्स?" भन्नुहुन्छ/ "गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ" भन्थे, त्यस्तै भएको छ/


.


यो एउटा कथा मात्र हो/ आमाको उपचार गर्नुस, आमाको मर्का बुझ्नुस् भन्नलाई उदाहरण दिएको/ माथिको कथा सिनेमामा देखिने घटना जस्तै हो/ मेरो आमा को बारेमा होइन/ म Psychiatric Practitioner हुँ/ हाल USA मा practice गर्छु/ This is just for a public awareness for a condition called "Dementia". Dementia को बारेमा सबैलाई जानकारी दिनुहोस/


.

माथिको उदाहरणमा आमा चाहिलाई “Dementia” भन्ने रोग लागेको हुन सक्छ/ “Dementia” धेरै किसिमले हुन सक्छ/ यो घटनामा भने “Alzheimer’s Disease” को कारण हुन सक्छ/


सबै किसिमका Dementia मा हुने धेरै symptoms मध्य शुरुमा हुने समस्याहरु:

--भरर्खरै राखेको समान बिर्सने (शुरु शुरुमा, दिनको एक दुइ चोटी भएपनि पछि गएर दिनमा धेरै पटक हुने)

--कहिले काहीं नियेमित हिड्ने बाटो हराएर घर फर्कने बाटै पत्ता लगाउन नसक्ने

--झर्कने स्वभाब बढ्ने

--बोल्न खोजेको कुरा मुखबाट निकाल्न गार्रो हुने (पछि पछि यो समस्या निकै पिडादाएक हुन्छ)

--एउटै प्रश्न बारम्बार सोध्ने

--पहिला पहिलाको कुरा सम्झन सक्ने तर एक दुई दिन अगाडिको कुरा सम्झना नसक्ने


शुरुका दिनहरुमा परिवारका सदस्यहरुले (छोरा छोरीले) यस्ता समस्याहरुलाई "बुढा-बूढी भएपछी यस्तै हो'' भनेर मतलब राख्दैनन्/ अरु टाढाका नातेदार र छर छिमेकले छोरा-छोरीलाई "बाबु-आमालाई खुशी पार्न नसकेको वा राम्रोसंग हेरचाह गर्न नसकेको" भनि आरोप लगाउछन्/


पछि पछि समस्याहरु बल्झदै गएर:

कपडा लगाउन, मुख धुन, र खाना खान सम्म बिर्सने

जहाँन परिवारको नाम बिर्सने

voice box मा कुनै समस्या नभएपनि बोल्न नसक्ने समस्याहरु हुन थाल्छ/


“Dementia” हुने कारणहरु:

Alzheimer’s रोग (genetic र अन्य कारण, यसको बारेमा बिस्तृत पछि लेख्नेछु)

Vascular (लामो समय सम्म हुने high blood pressure, diabetes, smoking र सानो-सानो stroke का कारण)

Traumatic Brain Injury (टाउकामा लागेको गहिरो चोटका कारण)

Vitamin B-12 deficiency (लामो समयसम्म vegetarian भएको कारण)(Vit B-12 daily requirement पुर्याउनको लागि करिब 500ml शुद्द दुध दैनिक पिउनु पर्छ/)

HIV-AIDs (अन्तिम अबस्ता तिर)

र अन्य धेरै कारणहरुले


Dementia जस्तो समस्या देखियो भने तुरुन्त उपचार गराउन लैजानुस्/ Dementia को दिर्घकालिन उपचार नभएपनि, समयमै (सामान्य बिर्सने स्वभाब) हुने बित्तिकै उपचार गराउनु भयो भने 5-10 वर्ष Dementia लाई पछाडी धकेल्न सकिन्छ/


South Asia मा YOGA, र Meditation गर्यो भने Dementia हुदैन भन्ने ठुलो भ्रम छ/ तर अहिलेसम्म कसैले प्रमाणित गरेर देखाउन सकेको छैन/ मेरो बिचारमा YOGA र Meditation ले Vascular Dementia झट्टै नहुनको लागि केहि मद्दत गर्न सक्ला तर सम्पूर्ण Dementia नै हुन दिदैन भन्नु सरासर झूट हो/


"बूढा-बूढी भएपछी कुराहरु बिर्सिईहाल्छन् नि!" भनेर गल्ति नगर्नुहोस्!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment