फेसबुकले डिसलाईक अर्थान मन परेन भन्ने बटम पनि राख्ने भएको छ

फेसबुकले डिसलाईक अर्थान मन परेन भन्ने             बटम पनि राख्ने भएको   

सामाजिक सञ्जाल फेसबुकले डिसलाईक अर्थान मन परेन भन्ने बटम पनि राख्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार छिट्टै अब फेसबुकमा राखिएको पोस्टमा लाईक मात्रै होइन डिस्लाईक पनि गर्न सकिने छ । अमेरिकाको क्यालिफोर्नियामा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले डिस्लाईक गर्ने सुविधा दिने तयारी भइरहेको जानकारी दिनुभयो । ‘कम्पनीले यस्तो तरिका खोज्नु जरुरी छ ।’ जुकरबर्गले भन्नुभयो ‘जसले डिसलाईकको सुविधा देखाउन सकोस तर कसैलाई पनि नगिराओस ।’
फेसबुकले हरेक प्रकारका भावना व्यक्त गर्न मिल्ने सुविधाबारे पनि सोच बनाईरहेको उहाँले बताउनुभयो । एक तथ्याङ अनुसार फेसबुकमा हरेक दिन साढे चार अर्ब लाईक आउँछ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment