राति इ–बुक पढ्ने बानी छ ? ख्याल गर्नुहोस् !

        राति इ–बुक पढ्ने बानी छ ? ख्याल गर्नुहोस् !


पुस १३ – रातिमा सुत्नु भन्दा पहिले इ–बुक पढ्ने बानी छ भने सुधार गर्नुपर्ने भएको छ । सुत्नु अघि इ–बुक पढ्नेहरुको स्वास्थ्य किताब पढ्नेको भन्दा खराब हुने एक अध्ययनले देखाएको छ ।
बेलायतको हावर्ड मेडिकल स्कुलका चिकित्सकले गरेको अनुसन्धानले सुत्नु भन्दा पहिले प्रकाश भएको इ–बुक पढ्ने व्यक्तिलाई राम्रोसँग निद्रा नलाग्ने र बिहान उठ्दा बढी थकित हुने गरेको देखाएको छ । तर प्रकाश बिनाको इ–बुक पढ्नेलाई भने कुनै खतरा नरहेको अनुसन्धानकर्ताले बताएका छन् ।
मानिसको शरीरले दिन र रातको फरक थाहा पाउनका लागि प्रकाशको प्रयोग गर्दछ र त्यही अनुसार व्यवहार पनि गर्दछ । तर स्मार्टफोन, ट्वलेट, तथा एलइडी प्रकाशले मानव शरीरको रुटिन प्रभावित हुन्छ । बेलुकीपखको प्रकाशले मानिस निदाउन चाहिने हर्मोन म्यालाटानिन बनाउन रोकिदिन्छ वा कम गर्छ ।
अनुसन्धानकर्ताले यो प्रयोगमा १२ जनालाई दुई हप्तासम्म निद्रा ल्याबुरेटरीमा राखेका थिए । ती मानिसले पाँच दिन किताब पढे भने पाँच दिन आइप्याड मार्फन इ–बुक पढे । नियमित रुपमा लिइएको रगतको नमुनाले इ–बुक पढ्नेको शरीरमा निद्राका लागि चाहिने हर्मोन म्यालाटानिन कम बनेको पाइयो ।
इ–बुक पढ्नेलाई निद्रा लाग्न धेरैबेर लाग्ने, गहिरो निद्रा नलाग्ने र बिहान उठ्दा बढी थकान महसुस भएको पाइयो । तर किताब पढ्नेहरुमा पने यो समस्या नपाइएको अनुसन्धानकर्ताले आफ्नो निष्कर्षमा उल्लेख गरेका छन् । अनुसन्धानकर्ताले यो अनुसन्धानको निष्कर्ष नेशनल एकेडेमी अफ साइन्सेजको जर्नलमा प्रकाशित गरिएको छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment